काठमाडौं । एमएडब्लू वृद्धिको पोर्टफोलियोमा पछिल्लो पटक थपिएको सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यान नेपालमा सार्वजनिक गरिएको छ।
सोकोन चीनका अधिकारी सहभागी कार्यक्रममा एमएडब्लू वृद्धि कमर्सियल भेहिकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र चलचित्र नायक राजेश हमालले संयुक्त रुपमा सोकोन ईसी थर्टी सिक्सका पहिलो ४१ ग्राहकलाई चाबी हस्तान्तरण गरेर गाडी सार्वजनिक गरेका हुन्।
सोकोन ईसी थर्टी सिक्सको मूल्य ४५ लाख ५० हजार पर्छ। ईसी थर्टी सिक्स ११ सिटे ईभी यात्रु भ्यानले ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
गाडीमा शक्तिशाली ६० किलोवाटको इलेक्ट्रिक मोटरले २०० एनएम टर्क उत्पन्न गर्छ भने यसमा जडान गरिएको ४२ केडब्लू एचसीएटीएल ब्याट्रीले १.३ घण्टामा २० देखि ८० प्रतिशत र २.५ घण्टामा ० देखि १०० प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता रहेको कम्पनीको दाबी छ।
१८८ मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेकाले गाडीलाई नेपालका सडकमा सहजै गुडाउन सकिने छ। भ्यानमा एबीएस, ईबीडी, रि भर्स राडार र क्यामेरा, महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिङ प्रणाली, टचस्क्रिन, मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टमलगायत सुविधा छन्।
कार्यक्रमाम एमएडब्लू ग्रुप अफ कम्पनीजका अध्यक्ष वि ष्णुकुमार अगरवालले सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टी सिक्स सार्वजनिक गरिएको बताए।
एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपाली बजारमा सोकोन ईसी थर्टी सिक्सका ४१ भ्यान सार्वजनिक गरिएको जानकारी दिए।
सन् १९८६ मा स्थापित सोकोन चीनको सबभैन्दा ठूलो निजी अटो कम्पनी हो। अमेरिका, जापान चीन, जर्मनीलगायत देशमा आरएन्डडी केन्द्र स्थापना गरेको कम्पनीले हालसम्म ३५ लाख सवारी साधन विश्वव्यापी रूपमा डेलिभर गरिसकेको छ। वार्षिक सात लाख युनिट उत्पादन क्षमता रहेको कम्पनीका उत्पादन हाल ७० देशमा विक्री वितरण हुँदै आएको छ।