काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता भएसँगै स्वत: निलम्बनमा परेका छन्।
२०८० जेठ ३२ गते मुख्य सचिव नियुक्त भएका अर्याल मुद्दा दर्ता भएसँगै स्वत: निलम्बनमा परेका हुन्।
अख्तियारको ऐन २०४८ को दफा १७ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि मुद्दा दायर भएमा किनारा नलागुन्जेल स्वतः निलम्बन भएको मानिने व्यवस्था छ।
अख्तियारको टोलीले मुख्यसचिव अर्यालसहित १२ जना कर्मचारीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
उनीहरूविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको छ। ६ करोड ८४ लाख ४५ हजार ६ सय रुपैयाँ प्रतिवादीहरूबाट जनहीरुपमा असुल उपर गर्नुपर्ने अभियोग पत्रमा छ।
नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स खरिद र सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्कको स्टिकर छपाइ खरिद अनियमिततामा संलग्नता पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता भएको हो।
२०७९ असोज ४ गते आन्तरिक राजश्व विभागका लागि ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर छाप्ने सम्झौता भएको थियो। त्यसअघि प्रतिथान २५ पैसामा छाप्ने भए पनि उक्त स्टिकर ७५ पैसाका दरले छाप्न लगाएर भ्रष्टाचार गरेको आरोप छ।
अर्याल निलम्बित भएसँग मुख्यसचिव कसले हत्याउला भन्ने प्रश्न उब्जिएको छ। मुख्यसचिवले राजीनामा नदिएसम्म कायममुकायम मुख्यसचिवका रूपमा काम गर्नुपर्ने छ।
अहिले लिलादेवी गड्तौला बरिष्ठ छिन्। हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिद् कार्यालयमा सचिवको जिम्मेवारिमा छिन्।