काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुबाट सोधिएका विभिन्न प्रश्नको उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्रीसँग बजेट, समयसामयिक विषयलगायतमा सांसदहरुले प्रश्न गर्ने भएका हुन्।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रधानमन्त्रीसँग वर्णानुक्रमअनुसार सांसदले प्रश्न सोध्नेछन्।
आजको बैठकमा आजको बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन्।
आज बजेटगत छलफल हुने चार मन्त्रालयमा आगामी आर्थिक वर्ष २०८१÷८२ मा विनियोजत रकमबारे सरोकारवाला मन्त्रीलाई सांसदहरुले प्रश्न सोध्नेछन्।