काठमाडौं । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयूभी निसान म्यागनाइटमा नयाँ योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको ४ वर्षसम्म नि:शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन्।
नयाँ ग्राहकले ४ वर्षको लागि ‘फ्रि रनिङ कस्ट' सहित महत्त्वपूर्ण बचतको लाभ लिन सक्नेछन्। ब्रान्डले अफरमार्फत चालू आर्थिक वर्षको लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको छ।
'निसान म्याग्नाइट एसयूभी उत्कृष्ट पर्फमेन्ससहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिक शैली) प्रदान गर्न डिजाइन गरिएको एसयुभि हो। जसले गर्दा यो नेपाली सडक तथा नेपाली गाडी खरिदकर्ताहरूका लागि प्रथम र उत्तम रोजाई बनेको छ। हामी नयाँ ग्राहकलाई विभिन्न लाभ तथा फाइदासहित नयाँ योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौं। नयाँ प्रविधिलाई बढ्दो ग्राहकसामू पहुँचयोग्य बनाउनु योजनाको उद्देश्य हो,' पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा भन्छन्।
निसान म्याग्नाइट नेपाली एसयूभी बजारमा उत्कृष्ट विकल्प रहँदै आएको छ भने यसको 'रिसेल भ्यालु' पनि राम्रो रहेको छ। गत सेप्टेम्बरमा सार्वजनिक गरिएको यसको एएमटी (अटोमेटेड म्यानुअल ट्रान्समिसन) मोडलको साथ, निसान नेपालले नेपाली सडकका लागि उच्च-स्तरीय गाडी प्रस्तुत गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ।
योजनामा केही नियम र सर्तहरू लागू हुनेछन् र सीमित अवधी (स्टक रहेसम्म) सम्म ग्राहकहरूले यसको लाभ लिन सक्नेछन्। नयाँ एसयूभी खरिद गर्न चाहनेका लागि आकर्षक अवसर रहेको बताइएको छ।
पायोनियर मोटो कर्पबारे – पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालमा निसान मोटर कम्पनिको लागि आधिकारिक वितरक हो। सन् २०१७ मा सुरू भएको कम्पनीको नेपालभर १३ भन्दा बढी सोरुमहरू रहेका छन्। कम्पनीले गाडीको विक्रि, सर्भिसिङ, पार्टपुर्जा सहितको सम्पूर्ण सुविधा प्रदान गर्दै आएको छ।