काठमाडौं। गोल्छा ग्रुपको सहभागितामा हुने ग्लोकल टिन हिरो नेपाल २०२४ को आवेदन खुलेको छ।
दसौं संस्करणको ग्लोकल टिन हिरो एक दशकदेखि शैक्षिक क्षेत्रबाहेक किशोर–किशोरीमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै उनीहरूको प्रतिभा पहिचान गराउने मञ्च बन्दै आएको छ।
ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोर–किशोरीको पहल, सिर्जनशीलता र उत्साहलाई स्थानीय र विश्वव्यापी रुपमै सशक्त बनाउँदै आएको संस्थाले जनाएको छ।
हालसम्म नेपालका ९ किशोर–किशोरीलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरिएको छ। दक्षिण एसियाका अन्य देशमा यसको पहुँच विस्तार गर्ने लक्ष्यसहित ग्लोकल टिन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो। कम्पनीले उपलब्ध गराएको वेबसाइटमार्फत किशोर–किशोरीले निःशुल्क अनलाइन आवेदन भर्न सक्छन्।
पहिलो चरणमा कुल आवेदकको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०÷२० छनोट गरिनेछ। त्यसपछि उनीहरूको दृष्टिकोण, कामको सुरुआत र प्रभावको आधारमा उत्कृष्ट ६ छनोट हुनेछ भने अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्तिका लागि अन्तर्वार्ता लिएर अन्तिममा ग्लोकल टिन हिरो नेपाल २०२४ को विजेता घोषणा गरिने कम्पनीले जनाएको छ।
यस वर्ष ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा विज्ञप्तिमा उल्लेख छ।