काठमाडौं । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस९० नेपालमा सार्वजनिक गरिएको छ।
बोल्ड र अत्याधुनिक फिचरसहितको एस९० मोडेल स्कुटरमा २५ सय वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर छ। अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ।
२५२० वाट आवर क्षमताको ब्याट्री भएकाले यसले एक पटकको फुल चार्जमा अधिकतम १ सय २० किलोमिटर रेन्ज दिने बताइएको छ।
स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएकाले यसले ओरालोमा बे्रक लिँदा आफैँ ब्याट्री चार्ज हुन्छ। यसमा १२ इन्चको ह्विलमा दुवै टायर भएकाले १ सय ७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ। यसको अगाडि र पछाडि दुबै ह्विलमा डिस्क बे्रक दिइएको छ।
कम्पनीका सेल्स तथा मार्केटिङ हेड, शंकर शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएका छन्।
६५ किलोमिटर प्रतिघण्टा टप स्पिड भएको स्कुटरको १ सय १२ किलोग्राम कुल वजन छ। यसमा सिटमुनी ३२ लिटरको ठूलो वुटस्पेस छ। जसमा ठूलो हेलमेट राखेर पनि अन्य सामान सजिलै अटाउन सकिन्छ।
आइपी ६७ रेटेड वाटर तथा डस्ट प्रुफ स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ।
यसमा एनएफसी सिस्टम भएकाले चाबी बिना मोबाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्न सकिन्छ। सुरक्षाको दृष्टिले स्कुटरलाई निक्कै सुरक्षित मानिन्छ।
यसमा एन्टिथेप्ट अलार्म, ७ इन्चको डिजिटल डिस्प्ले, एलइडि हेड लाइट, डिआरएल लगायतका फिचर लोडेड छन्। स्कुटरको अधिकतम बिक्रि मूल्य २ लाख ६ हजार १ सय रुपैयाँ कायम गरिएको छ। कम्पनीले एक्स्चेन्ज तथा फाइनान्सको पनि सुविधा रहेको जनाएको छ।