काठमाडौं । शिवम् सिमेन्टसले आयोजना गरेको 'शिवम् कीर्ति समारोह २०८१' सम्पन्न भएको छ। पाँच वर्ष लामो अन्तरालपछि 'उडान-समृद्धि र सहयात्राको' शीर्षकमा समारोह आयोजना गरिएको थियो।
समारोहमा शिवम् सिमेन्टसले उत्कृष्ट डिलरमध्ये सर्वोत्कृष्ट ३१ डिलरलाई विभिन्न विधामा अवार्डबाट सम्मानित पनि गरेको छ। रिजनल अवार्डअन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनलअन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिइएको छ।
उत्कृष्ट मध्येका सर्वोत्कृष्ठ चार डिलरलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको छ। कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरले देखाएको धैर्यता र एक्यवद्धतालाई आधारमा शो शीर्षक राखिएको बताए।
जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाइटर सुनिल कुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जितेका छन्। त्यस्तै शिवम् सिमेन्टका सर्वोउत्कृष्ठ विक्रेताअन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जिते।
समारोहमा नेपालका चर्चित कलाकारका साथै ख्यातिप्राप्त भारतीय कलाकार कृष्ण अभिषेक र सुदेश लेहरीले आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरेका थिए। देशभरका वितरक तथा विक्रेताको बाक्लो उपस्थिति रहेको शो मा शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट बन्न सफल भएको बताए। उनले आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपरिहार्यता रहेको बताए।
उपस्थित डिलरले शिवम् सिमेन्टले आयोजना गरेको कार्यक्रमबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीलाई थप ऊर्जा तथा हौसला प्रदान गर्ने धारणा राखे।