काठमाडौं । नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नबिल बैंक लिमिटेडसँग सवारी साधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ। दुई कम्पनिबीच गत जेठ २९ गते सम्झौता भएको हो।
उक्त सम्झौताअन्तर्गत ओमोडाको जुनै पनि विद्युतीय गाडीको खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराउने छ। ग्राहकले देशभर रहेका ओमोडा सोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत सजिलै फाइनान्सिङको सुविधा लिन सक्नेछन्।
सहकार्यमार्फत ओमोडाका ईभीहरू (विद्युतीय सवारी साधन) खरिद गर्न चाहने ग्राहकलाई वित्तीय सहजता उपलब्ध गराउने लक्ष्य राखिएको छ। सम्झौताअनुसार, ग्राहकले नबिल बैंकका सबै शाखाबाट ५ वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशतको निश्चित ब्याजदरमा सहजै कर्जा प्राप्त गर्न सक्नेछन्।
यस योजनामार्फत नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम कर्जा प्रवाह गरिनेछ भने निश्चित ब्याजदर अंक नबिल बैंकको नीतिअनुरूप परिवर्तन हुन भने सक्नेछ। यसरी, मात्र २० प्रतिशत डाउन पेमेन्ट गरी सजिलै ओमोडाको कुनै पनि गाडीको खरिद गर्न सकिनेछ।
सुविधा ओमोडाको राष्ट्रव्यापी डिलर नेटवर्कभरी उपलब्ध हुनेछ। भक्तपुर, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, बर्दिवास, विरगञ्ज, नारायणघाट, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र पोखराका डिलर नेटवर्कमा यो सुविधा उपलब्ध गराइनेछ।
एसपीजी अटोमोबाइल्सले ब्रान्डको पछिल्लो ईभी ओमोडा इ फाइभ गाडी ६१.९९ लाख (सिङ्गल टोन) तथा ६२.४९ लाख (डुअल टोन)को प्रि-बजेट मूल्यमा उपलब्ध गरेको छ। गत फेब्रुअरिमा सार्वजनिक भएदेखि नै नेपालमा ईभीमध्ये उत्कृष्ट रोजाई रहेको यो एसयुभिले ४३० किमि रेन्ज, १८० मिलि ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको को मोटर पावरको साथ नेपाली जीवनशैली र भौगोलिक आवश्यकता पनि पूरा गर्दछ। ओमोडा इ फाइभमा लेभल २.५ एडास प्रणाली भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेको छ। एसपीजी अटोमोबाइल्स ईभीमा रूचि राख्ने तथा नयाँ ईभी खरिद गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा सोरुममा गई यो अवसरको लाभ उठाउन आह्वान गरेको छ।