काठमाडौं । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)बाट नेपालमा नै हुन्डाई भेनु को व्यवसायिक उत्पादन गरी बिक्री सुरु गरेको छ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई मेट्रो मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेनु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुण हुन्डाई मोटर कम्पनी कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडी सरह कै हुने कम्पनीले दाबी छ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।
प्रथम चरणमा हुन्डाई भेनुका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरु भेरिएन्टको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई १० एनआइवएसका साथै अल न्यू हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने जनाएको छ।
S.N. | Model | Capacity | Fuel | MRP |
1 | Venue FL 1.2 S | 1197cc | Petrol | 4,496,000 |
2 | Venue FL 1.2 SX | 1197cc | Petrol | 5,356,000 |