काठमाडौं । भारतीय चेन होटल लर्ड्सले काठमाडौंस्थित थप सेवा विस्तार गरेको छ। होटलले बौद्ध तुसालस्थित अनुत्तरा लर्ड्स प्लाजा काठमाडौंको व्यवस्थापनसहित आजबाट सेवा सुरु गरेको हो। यो ६० कोठा छ्यमताको चार तारेस्तरको होटल हो।
४ महिनाभित्र होटलले पोखरा, चितवन, नेपालगन्ज, भैरहवा लगायत गन्तव्यमा आफ्नो सेवा विस्तार गर्बे योअना रहेको नेपालका लागि छ्यतृय प्रमुख सैलेज एन तेरिले बताए।
'नेपाल र भारतको सन्स्कृती लगभग उस्तै छ। हामी सङ्ग आवद्ध ६० वटा होटल छन्,' उनले भने, 'उता नेपालमा पनि हाम्रै सेवाको माग आएपछी नेपालमा आफ्नो व्यवस्थापन विस्तार गरेका हौं।'
यसअघि होटलले वीरगन्जस्थित दियालो लर्ड्स प्लाजा, महानकालस्थित लर्ड्स प्लाजा इनको व्यवस्थापन सन्चालन गर्दै आएको छ।
निकट भविष्यमा अमेरिकामा पनि आफ्नो सेवा विस्तार गर्ने योजना रहेको उनले बताए। होटलबाट विश्वभरका पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रमुख उद्देश्य रहेको उनले बताए।
नेपालको धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको हबका रूपमा रहेको परिप्रेक्ष्यमा आफ्नो सेवाले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले जानकारी दिए।
बुकिङ खुल्ला गरिसकेको होटलले आफ्नो रुम रेट न्यूनतम ८० देखि २८० अमेरिकी डलर निर्धारण गरेको जनाएको छ।