काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ। बजार परिसूचक नेप्से आज ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार ३११ वटा कम्पनीको १ करोड २६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ८.९ अंकले बढेको थियो भने ५ अर्ब १८ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।
आज कारोबारमा आएका २४५ कम्पनीमध्ये २०३ कम्पनीको सेयर बढेको छ भने ४१ कम्पनीको घटेको छ। यस्तै २ कम्पनीको कारोबार यथावत् रहेको छ।
आज बिमा, हाइड्रोपावर, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ।
लामो समयपछि नेप्से परिसूचकले २१०० अंकको बिन्दु पार गर्न सफल भएको हो। आजको ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यसअघि जेठ १४ मा नेप्से परिसूचकले २१०० बिन्दु पार गरेको थियो। तर, जेठ १५ को बजेटपछि नेप्से ओरालो लाग्ने क्रममा २ हजार वरपर बिन्दुमा अडिएको थियो।
आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेका छन्। सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २.५८ प्रतिशतले वृद्धि भएको छ।
आज दिन सबैभन्दा बढी सामलिङ पावरको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ।