काठमाडौं। साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.९ अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ५.५९ अंकले घटेको थियो।
आज कारोबारमा आएका २४६ मध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ९ कम्पनीको कारोबार स्थिर रह्यो।
सोमबार नेप्से ०.४२ प्रतिशतले बढेर २०८२.०९ बिन्दुमा बन्द भएको हो। आज १ करोड १६ लाख कित्ताभन्दा बढी सेयर किनबेच भएको छ। आइतबारको तुलनामा कारोबार रकम पनि बढेको छ। आइतबार ५ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
आज त्रिशूली जलविद्युत् कम्पनी र कुथेली बुखुरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सोमबार कारोबारमा आएका १३ समूहमध्ये ६ वटाको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक वृद्धि भएको छ।
म्युचुअल फन्ड समूह परिसूचक सर्वाधिक ३.७४ प्रतिशतले घटेको छ। परिसूचक बढे पनि ६ कम्पनी समूहको सूचकमा गिरावट आएको छ। बैंक, होटल र टुरिजम, जीवन बिमा, म्युचुअल फन्ड, अन्य र व्यापार समूहमा गिरावट आएको छ। व्यापार समूहमा ६१ अंक र होटल तथा टुरिजम समूहमा ५१ अंकको गिरावट आएको छ।
आज निर्जीवन बिमा समूहसहित लघुवित्त, उत्पादनमूलक, लगानी, जलविद्युत, वित्त र विकास बैंक समूहमा वृद्धि भएको छ। यसमध्ये सबैभन्दा बढी निर्जीवन बिमा समूहमा १३४ अंकको वृद्धि भएको छ।