काठमाडौं। बाराही हस्पिटालिटीअन्तर्गत ठमेलमा रहेको होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड ब्रन्च’ अफर सुरु भएको छ।
होटलको सातौं तलामा रहेको इन्फिनिटी स्विमिङ पुलमा शनिबार ग्राहकले छुट पाउनेछन्।, शनिबार ग्राहकले २ हजार ५ सय रुपैयामा स्विमिङ पुल र बफेट ब्रन्चको मज्जा लिन सक्ने होटलका महाप्रबन्धक रोशन सापकोटाले जानकारी दिए। ग्राहकले सोही प्याकेजमा पुल, बार, स्न्याक्स तथा रेस्टुरेन्टसमेतको सेवा लिन सक्नेछन्।
प्याकेजका लागि ग्राहकले प्रि–बुकिङ गर्नुपर्ने सापकोटाले बताए। प्रिमियम लोकेसनमा रहेको होटलमा स्विमिङ पुल खेल्दै अगाडिको नारायणहिटी दरबारको दृश्यावलोकन गर्न पाइने भएकाले पनि आकर्षण बढेको छ।
स्विमिङ पुलमा बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि अफरसहित स्विमिङ पुल खुला गरिएको हो।
स्विमिङ पुल रहेको सातौं तलामा रेस्टुरेन्टसमेत रहेको छ। पुल साइडको टेबलमा बसेर खाना तथा पेयको मज्जा लिन सकिन्छ।
केशरमहल अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। वीरशमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभूति हुन्छ।
त्यस्तै घन्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिमशृंखला देख्न सकिन्छ।