काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न कर हटाउने कुरामा सरकार लागि परेको बताए।
आज नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपालमा अधिकतम विदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधार सुधारसहित नयाँ योजनाअघि बढाइएको बताए।
उनले आन्तरीक र बाह्य पर्यटकलाई गर्मी तथा फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाइने र काठमाडौं उपयत्यकासँग जोडिएको महाभारतको श्रृंखलामा पूर्वाधार तयार पार्न सरकार र निजी क्षेत्रले लगानी गर्ने योजना अघि बढाइएको बताए।
'हाम्रो हवाई तथा भूयातायात सहज छैन। त्यसैले पूर्वाधार सुधार गर्नेतर्फ सरकार सोचिरहेको छ। जनकपुर, पशुपति, लुम्बिनी जस्ता स्थललाई भारत, चीन जस्ता ठूलो जनसंख्या भएका मुलुकका पर्यटकलाई भित्र्याउन र सेवालाई गुणस्तर बनाउनतर्फ सरकारको ध्यान केन्द्रित छ,' उनले भने।
अन्य मुलुकको जस्तो पर्यटन आगमन नेपालमा नरहेको र यो समीक्षाको विषय भएको उनले बताए। विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी भइरहेकाले नेपालका नयाँ गन्तव्यको पनि पहिचान गर्न आवश्यक रहेको उनले बताए।
विगतमा विभिन्न कमी भएको र गर्न पर्ने जति काम हुन नसकेको स्वीकार गर्दै उनले अब नीतिगत सुधार गर्ने, पूर्वाधार सुधार गर्ने, नयाँ गन्तव्यको मन्त्री तामाङको प्रतिवद्धता छ।