काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी १२प्रो प्लस ल्याएको छ। रियलमी १२प्रो प्लसमा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ। यसमा १२० हटर््जको रिफ्रेस रेट राखिएको छ।
क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२प्रो प्लसमा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्ने बताइएको छ। यो फोनमा १२ जिबीको र्यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ।
फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२प्रो प्लसको क्यामरा अति उपयोगी हुन्छ। ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि ६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलकाृ सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा उपलब्ध छ।
यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ। ६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङ्ग युक्त ५,००० एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२प्रो प्लसका प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ।
रियलमी १२प्रो प्लस १२ जिबी ¥याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ। सबमरिन ब्लू, एक्सप्लोरर रेड, र न्याभिगेटर बिज रङ्गमा उपलब्ध रियलमी १२प्रो प्लसको मुल्य ५० हजार ९९९ रुपैयाँ छ।