काठमाडौं । नेपाल डिस्टिलरिज् प्रालिले स्पिरिट उत्पादन (मदिरा)मा विश्वव्यापी स्तर र परिचय कायम गर्दै ३ प्रतिष्ठित पदक(मेडल) प्राप्त गरेको छ।
इन्टरनेसनल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ अवार्ड २०२४ अन्तर्गत कम्पनीका तीन मुख्य उत्पादनले एउटा रजत र दुई कास्य) पदक प्राप्त गरेका हुन्।
कम्पनीका अनुसार ‘आईडब्लुएससी’ अवार्ड विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिट पहिचान तथा पुरस्कृत गर्दै आएको छ। नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकुरी त्रिपल एक्स रम’ ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको छ।
मौलिक नेपाली स्वादसहितको ‘खुकुरी स्पाइस्ड रम’ले ८९ अंकसहित ‘ब्रन्ज मेडल’ र अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा ‘आईडब्लुएससी’को ९ सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए। उनले हाल नेपालमा खुकुरी रम उत्पादन–शील्प तथा अद्वितीय स्वाद पहिचान गर्दै नेपाली रम–संस्कृतिका निम्ति प्रवर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिहेका छन्।
नेपाल डिस्टिलरिजले स्थापनाकालदेखि नै प्रिमियम स्पिरिट उत्पादनका लागि उच्च कोटिको सामग्री, उच्चस्तरको प्रक्रिया, अत्याधुनिक प्रविधि र उत्कृष्ट उत्पादन–शील्पको निरन्तर उपयोगमा समर्पित भएकै कारण प्रतिष्ठित अवार्ड प्राप्त भएको कम्पनीका महाप्रबन्धक सुभास लामिछानेले बताए। यो मञ्च विश्वमाझ नेपाली स्पिरिटको गुणस्तरलाई चिनाउने माध्यम बनेको उनको भनाइ छ।
नेपाल डिस्टिलरिजले ६ दशकदेखि नेपाली मदिरा उद्योगमा ‘डोमेस्टिक स्पिरिट’ बजारको मुख्य हिस्सा ओगट्दै आएको छ। कम्पनीले विश्वका विभिन्न देशमा पनि आफ्ना उत्पादन बेच्दै आएको छ।