काठमाडौं । सीजी ब्राण्डले बढ्दो गर्मीलाई मध्यनजर गर्दे बिएलडीसी सिलिङ फ्यानसँगै अन्य धेरै फ्यान बजारमा ल्याएको छ।
‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराका साथ बजारमा आएको सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तिमा ४३ प्रतिशत विद्युत बचत गर्ने कम्पनीको दाबी छ। पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने प्रवृद्धि फ्यानमा रहेको कम्पनीको भनाइ छ।
सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडीसी टेक्नेलोजी रहेको छ। रोबस्ट र रिलायबल बिएलडीसी मोटर भएकाले बजारमा आउने अन्य फ्यानको तुलनामा धेरै टिकाउ रहेको कम्पनीको भनाइ छ।
तराई जस्तो ठाउँमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी हुने गर्छ। यस्तो अवस्थामा फ्यान पनि सोही अनुसार धुम्ने गर्छ। यही अवस्थालाई मध्यनजर गर्दै सिलिङ फ्यान ल्याइएको हो।
११० देखि २८० बीचको कुनै पनि भोल्टमा तीव्र गतिमा घुम्ने उच्च प्रविधि फ्यानमा रहेको छ। त्यस्तै सीजीले विभिन्न डिजाइन र मोडलमा थुप्रै नयाँ सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यान ल्याएको छ।
सिलिङ फ्यानमा डेकोरेटिभ सिरिज छन्। जुन अति नै आकर्षक डिजाइन र रंगमा उपलब्ध छन्। त्यस्तै अर्को हाइ स्पिड सिरिज छन्, जसको स्पिडले धेरै हावा प्रवाह हुन्छ।
रिमोटको सुबिधा युक्त सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसीबीएमा २ वर्षको वारेन्टी दिएको छ। यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ।
नेपालमा चौधरी ग्रुपले सीजी ब्राण्डका उत्पादन आफ्नो च्यानल र डिलर आउटलेटमार्फत वितरण गर्दै आइरहेको छ।