काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले विश्व वातावरण दिवस अवसरमा आज वृक्षारोपण तथा साइकल र्याली आयोजना गरेको छ।
कम्पनीको केन्द्रीय कार्यालय नक्सालबाट सुरु भएको साइकल र्याली नारायणचौर, भगवती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनी मार्ग भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नारायणचौर पुगेर समापन भएको थियो।
‘वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जय होस्, जीवनभर वातावरणमैत्री कार्यमा हात बढाऔं, प्रकृतिप्रेमीलाई जीवनभर दुःख हुँदैन, सफा अकास र सफा हृदय मानिसको पहिचान हो’लगायत नारासहित विश्व वातावरण दिवस मनाइएको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत कर्मचारी, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ शेर्पा, लायन्स क्लब अफ काठमाडौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधि र स्पार्क ग्रुपका प्रतिनिधि सहभागी थिए।
वातावरण दिवस अवसरमा निर्जीवन बिमाका तर्फबाट कर्मचारीले नारायणचौरमा नेपालको झन्डासहित मानव निर्मित कम्पनीको लोगो बनाएर साइकल र्यालीमा सहभागी भएका थिए।
कार्यक्रम समापनमा सीईओ श्रेष्ठले वातावरण जोगाऊँ, साइकल प्रयोग गरौं, स्वस्थ भएर जीवन जीऔं उद्देश्यसहित लाइन्स क्लब अफ काठमाडौं पिस आइडियलका प्रतिनिधिलाई विभिन्न जातका बिरुवा हस्तान्तरण गरे। कम्पनीले ८० बढी शाखा तथा सम्पर्क कार्यालयबाट ग्राहकलाई बिमा सेवा दिँदै आएको छ।