काठमाडौं। विदुषी राणा नेपालका लागि आइसल्यान्डको अवैतानिक महावाणिज्यदूत नियुक्त र काठमाडौंमा नयाँ महावाणिज्य दूतावास उद्घाटन अवसरमा सम्मान समारोह आयोजना गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सहभागी कार्यक्रममा नवनियुक्त महावाणिज्यदूत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक एवं प्राविधिक क्षेत्रको विकासमा आइसल्यान्डको सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
कार्यक्रममा आइसल्यान्ड राजदूत गुड्नी ब्रागासनले राणाको नियुक्तिले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।
उपसभामुख इन्दिरा रानाले महावाणिज्यदूतमा राणालाई नियुक्त गरेकामा धन्यवाद दिनुका साथै महिलाले कूटनीतिक क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा संसद् सदस्य, मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र विभिन्न राजदूत, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका प्रमुख, सीएनआई अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षलगायत उपस्थित थिए।
कार्यक्रममा नवनियुक्त अवैतनिक राजदूत राणाले नेपाल र आइसल्यान्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन, कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभ लिन र दुई राष्ट्रबीचको सांस्कृतिक एवं व्यावसायिक आदानप्रदानलाई प्रवर्द्धन भूमिकाले खेल्ने बताइन्।