काठमाडौं। स्मार्ट फोन ब्रान्ड रियलमीको नयाँ फोन ‘रियलमी १२प्रो प्लस’ दराजमा अग्रिम बुकिङका लागि उपलब्ध भएको छ। ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको ‘रियलमी १२ प्रो प्लस’ मा १२० हर्जको रिफ्रेस रेट रहेको छ।
‘रियलमी १२ प्रो प्लस’को हरेक खरिदमा तथा निःशुल्क डेलिभरीसहित निःशुल्क टी १०० इयरबड प्राप्त गर्न सकिनेछ। साथै, दराजबाट खरिद गर्ने ग्राहकले १ हजार रुपैयाँको छुट भौचर पनि प्राप्त गर्नेछन्।
यसबाहेक ग्लोबल आईएमई बैंकबाट अनलाइन भुक्तानी गर्ने ग्राहकले ७५० को अतिरिक्त छुट पाउने व्यवस्था छ। यो अफर जेठ १९ देखि २३ सम्म लागू हुनेछ।
क्वाल्कम स्न्यापड्रागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम ओक्टा सीपीयूमा सञ्चालित ‘रियलमी १२ प्रो प्लस’मा धेरै एप चलाउँदा पनि एकदमै छिटो काम गर्छ। यो फोनमा १२ जिबीको र्यामसँग ५१२ जीबीको आन्तरिक स्टोरेज हुन्छ जुन आवश्यक्ताअनुसार २४ जीबीसम्म थप्न पनि सकिन्छ।
फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेका लागि ‘रियलमी १२ प्रो प्लस’को बहुमुखी क्यामेरा अति उपयोगी छ। ६४ मेगा पिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नीभिजन ओभी ६४बी सेन्सर र ओआईएक्स, अत्यधिक सफा फोटोका लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एंगल क्यामेरा र ३२ मेगा पिक्सेलको सोनी आईएमएक्स५ सेल्फी क्यामेरालगायत सुविधा ‘रियलमी १२प्रो प्लस’मा उपलब्ध छ।
अत्याधुनिक क्यामेराले प्रयोगकर्तालाई अटो जुम, सुपर नाइट स्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङजस्ता फिचर दिन्छ। १६१.४७ मिलिमिटरको लम्बाइ, ७४.०२ मिलिमिटरको चौडाइ र ८.७५ मिलिमटरको उचाइको ‘रियलमी १२प्रो प्लस’ स्मार्टफोनको तौल करिब १९६ ग्राम रहेको छ।
‘रियलमी १२ प्रो प्लस’को प्याकेजमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर, एउटा टाइप सी यूएसबी केबल, वारेन्टी कार्ड, सेफ्टी गाइड, क्विक गाइड, सिम इन्जेक्टर पिन, सेफ्टी बक्स, स्क्रिन प्रोटेक्टर राखिएको कम्पनीले जनाएको छ।
‘रियलमी १२प्रो प्लस’ १२ जिबी र्याम, २५६ जीबी स्टोरेजको भेरियन्ट नेपालमा उपलब्ध छ। दराजमा सबमरिन ब्लू र एक्सप्लोरर रेड रङमा उपलब्ध ‘रियलमी १२ प्रो प्लस’को मूल्य ५० हजार ९९९ रुपैयाँ पर्छ।