काठमाडौं। सामाजिक सञ्जाल टिकटकले क्रियटरलाई सकारात्मक इन्क्लुसिव लाइभ कम्युनिटी निर्माणमा मद्दत गर्न शैक्षिक टुलसहितको लाइभ स्ट्रिमिङ सुविधाका साथै पैसा कमाउन नयाँ गाइड–लाइन जारी गरेको छ।
टिकटक लाइभले सकारात्मक, अथेन्टिक र रमाइला लाइभ कम्युनिटीलाई बढावा दिन नयाँ लाइभ मनिटाइजेसन गाइड लाइन्स र शैक्षिक पहलको थालनी गर्ने क्रममा नयाँ गाइड लाइन जारी गरेको हो।
यी गाइड लाइनले अप्रामाणिक वा कम गुणस्तर भएका केही कन्टेन्टलाई टिकटक लाइभमा मनिटाइजेसनका लागि अयोग्य बनाउनेछ। धेरैजसो क्रियटरले पहिले नै यी नियम पालना गरिसके पनि उल्लंघन गर्नेलाई सूचित गराउँदै उनीहरूको मनिटाइजेसन सुविधा पहुँचमा प्रतिबन्ध हुन सक्ने कम्पनीले जनाएको छ।
टिकटकको कम्युनिटी गाइडलाइन्स र सेवाका सर्तले केही आधारभूत मापदण्ड सेट गर्नेछ, जसले लाइभसहितका कन्टेन्टलाई टिकटकभरि जहाँ पनि प्रस्तुत गर्न अनुमति दिनेछ। टिकटकले नयाँ लाइभ क्रियटरलाई राम्रोसँग साथ दिन र नयाँ स्ट्रिमरूलाई सुरक्षित रूपमा स्वागत गर्न आफ्नो दृष्टिकोण पनि अपडेट गर्दै छ।
टिकटक चलाउन १८ वर्षको हुनैपर्छ। सोहीअनुसार टिकटकले नयाँ लाइभ सेफ्टी सेन्टर सुरु गर्दै छ भने इन–एप लाइभ सेफ्टी एजुकेसन सेन्टर अपडेट गर्दै छ, जहाँ क्रियटरले नीति उल्लंघन र शिक्षा सामग्री हेर्न सक्ने कम्पनीका स्थानीय प्रवक्ताले बताए।
४०,००० बढी मानिसले टिकटक प्लेटफर्मलाई सुरक्षित राख्न टेक्नोलोजी सँगै काम गर्छन् र यसमा लाइभका लागि डेडिटेकेड टोली र डिटेक्सन मोडल पनि समावेश छन्।