काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले चितवनको नारायणघाटमा नयाँ एनसेल सेन्टर खोलेको छ। कम्पनीले ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा दिएर विश्वस्तरीय सेवा–सुविधा अनुभव उपलब्ध गराउने उद्देश्यले लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको हो।
एनसेलका चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले बिहीबार नयाँ एनसेल सेन्टर उद्घाटन गरेका थिए। यो सेन्टरबाट ग्राहकले सबै किसिमका सेवा प्राप्त गर्न सक्छन्।
आफ्नो ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा–सुविधाबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्छन्।
यसैगरी ग्राहकले सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बर आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफरलगायत सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, ‘नारायणघाटमा खोलिएको नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं।
‘हामी तपाईंकै लागि’ अर्थात् नेपाल र नेपालीका लागि हौं र यही थिममा आधारित भई स्थानीय स्तरमा ग्राहकलाई कनेक्टिभिटीबाट जोड्ने अवसर दिलाउने उद्देश्य राखेका छौं।’