काठमाडौं। नेपाली क्रिकेट टिमको र सम्पूर्ण वर्ल्ड कप खेल घरमै बसेर हेर्न अन्तर्राष्ट्रिय ब्रान्ड एलजीले ‘खेल्छ नेपाल घरघरमा’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई नेपाली टिमलाई चियर गर्दै क्यास ब्याक र उपहार पनि जित्न सक्नेछन्।
योजनाअनुसार कुनै पनि एलजी टिभी खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र १ लाखको व्यक्तिगत दुर्घटना बिमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एसएनफोर उपहार सित्तैमा पाइनेछ।
यसपालि टी२० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेस्ट इन्डिजमा जेठ २० बाट सुरु हुँदैछ, जसमा नेपाल सन् २०१४ पछि दोस्रो पटक भाग लिँदै छ।
कम्पनीका अनुसार ३२ देखि ८६ इन्चसम्म उपलब्ध एलजीका टिभी ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन्। एलजीका क्युनेड टिभी, यूक्यु र यूआर सिरिजअन्तर्गतका युएचडी टिभीमा ३ वर्षको वारेन्टी रहेको कम्पनीले बताएको छ।
साथै, शून्य प्रतिशत ब्याजदरमा ईएमआई, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजी सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाइड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ।
नेपालमा एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।