काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलका ग्राहकले उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन्।
सेवाग्राहीलाई मोबाइल डेटामार्फत अनलाइन राख्ने प्रतिबद्धताबमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क परिमार्जन गरेको छ।
एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएका देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्यान्ड रहेका छन्। परिमार्जित शुल्क जेठ ८ देखि लागू भएको कम्पनीले जनाएको छ।
यो डेटा रोमिङ प्याकको फाइदा तोकिएका देश भ्रमणका बेला पनि आफ्ना एसएमएस अलर्ट पाइने भने सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो, सोही देशको सिम लिइराख्न आवश्यक नपर्ने कम्पनीको भनाइ छ।
डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले करसहित दैनिक मात्र ७९.८८ मा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन्। यो शुल्क यसअघिको दैनिक १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम रहेको एनसेलले जनाएको छ।
यस्तै, चीन, बेलायत र थाइल्यान्ड भ्रमणमा जाने एनसेलका ग्राहकले करसहित १९०.१८ पैसामा प्रतिदिन डेटा सेवाको फाइदा लिन सक्छन्। परिमार्जनअघि यी गन्तव्यमा दैनिक डेटा रोमिङ शुल्क ६३३.९३ पैसा थियो।
ग्राहकहरुले देशभित्र वा नेपाल बाहिर रहँदा पनि विभिन्न वालेटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरु कार्य गरी सधैं कनेक्टेड रहन सक्ने कम्पनीले बताएको छ।
परिमार्जन गरिएको डेटा रोमिङ शुल्कले तोकिएका देशमा विविध उद्देश्य राखेर यात्रा गर्ने एनसेल ग्राहकलाई फाइदा मिल्ने विश्वास एनसेलको छ।
ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानुअघि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सक्छन्। एनसेलको रोमिङ सेवा विश्वका १०० बढी देशमा उपलब्ध छ।