काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको बजेट १८ खर्ब ६० अर्ब ३० करोडको छ।
अर्थमन्त्री पुनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत बजेट छुट्याएका छन्।
यस्तै, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब विनियोजन गरेका छन्। अर्थमन्त्री पुनले सबैभन्दा बढी २ खर्ब २२ अर्ब बजेट अर्थ मन्त्रालयलाई छुट्याएका छन्। यसपछिको धेरै बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छ। याे मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन भएको छ।
यस्तो छ, मन्त्रालयगत बजेट
अर्थ मन्त्रालय २ खर्ब २२ अर्ब
कृषि तथा पशुपन्छी विकास मन्त्रालय ५७ अर्ब २९ करोड
वन तथा वातावरण मन्त्रालय १५ अर्ब ७० करोड
खानेपानी मन्त्रालय २६ अर्व ६३ करोड
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय २ खर्ब ३ अर्ब ६६ करोड
स्वास्थ्य जनसंख्या मन्त्रालय ८६ अर्ब २४ करोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ७ अर्ब ३५ करोड
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ९ अर्ब २८ करोड
जलस्रोत तथा सिंचाइ मन्त्रालय ३६ अर्ब ८१ करोड
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय ११ अर्ब ९१ करोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ८ अर्ब १० करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ६ अर्ब ८२ करोड
युवा तथा खेलकुद मन्त्रालय ३ अर्ब ५० करोड
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय १ अर्ब ६० करोड
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १ खर्ब ५० अर्ब ५३ करोड
सहरी विकास मन्त्रालय ९२ अर्ब ६३ करोड
रक्षा मन्त्रालयको ५९ अर्ब ८७ करोड
गृह मन्त्रालयको १ खर्ब ९९ करोड
परराष्ट्र मन्त्रालय ६ अर्ब ७७ करोड
ऊर्जा मन्त्रालय ५० अर्ब ७४ करोड
संघीय मामिला तथा साामन्य प्रशासन मन्त्रालय ९ अर्ब १७ करोड