काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत हरित कर वृद्धि गरेको छ। अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको बजेटमा नेपालभित्र पैठारी हुने वस्तुतमा अनुसूची १ बमोजिम भन्सार बिन्दुमा हरित कर लगाई असुल गर्ने भएको छ।
सरकारको निर्णयअनुसार कोइलाबाट उत्पादित बिक्रेट, अण्डाकार वस्तु र यस्तै प्रकारका ठोस इन्धनमा मूल्य बढाएको छ।
आन्थ्रसाइटमा प्रतिकेजी ०.५०, बिटुमिनयुक्त कोइला ०.५०, अन्य कोइला ०.५० र को कोइलाबाट उत्पादित बिक्रेट, अण्डाकारका वस्तु र यस्तै प्रकारका ठोस इन्धनमा प्रतिकेजी ०.५० पैसा बढाएको छ।
यस्तै पत्थरकोइला, लिग्नाइन वा पिटको संगठित वा असंगठित कोक र अर्ध कोक, रिटोर्ट कार्बनमा प्रतिकेजी ०.५ पैसा, पेट्रोलियम तेल र बिटुमिनयुक्त खानीबाट प्राप्त कच्चा तेल बाहेक तथा अन्यत्र उल्लेख वा समावेश नभएका तौलको हिसाबले ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेल वा बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल भएका र जैविक डिजेलबाहेक, रद्धी तेलबाहेकमा पनि कर बढाएको छ।
जसमा मोटर स्पिरिट(पेट्रोल)मा प्रतिलिटर १ रुपैयाँ, हेक्जेन (फुड ग्रेड)मा प्रतिलिटर १, अन्यमा १ रुपैयाँ र हाई स्पीड डिजेलमा प्रतिलिटर १ रुपैयाँ कर बढाइएको छ।