काठमाडौं। नेपालका लागि सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले आफ्नो नयाँ भेरियन्ट सिट्रोन इलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। सांग्रिला मोटर्सका बजार व्यवस्थापक रुपेश श्रेष्ठका अनुसार कम्पनीले सिट्रोन ई–सी३ नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न लागेको हो।
सिट्रोन ई–सी३ मा २९.२ किलोवाट आवरको ब्याट्री प्याक छ। यो गाडीले सिगंल चार्जमा ३२० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
कम्पनीले लाइनअपमा रहेको नयाँ भेरियन्ट सार्वजनिकसँगै अत्याधुनिक प्रविधि, आराम र उत्कृष्ट ड्राइभिङ अनुभवको प्रतिबद्धतालाई निरन्तरता दिएको छ।
नेपालमा सिट्रोन गाडीको निरन्तर विस्तारमा यो नयाँ भेरियन्टले उत्कृष्ट आराम र दक्षतालाई निरन्तरता दिने कम्पनीको अपेक्षा छ। सिट्रोन प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो। यसको लिगेसी १०३ वर्ष लामो छ। अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमता प्रतीकको रूपमा स्थापित गरेको छ।
सिट्रोनले भारतसहित विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ। १९१९ देखि सिट्रोनले सामाजिक परिवर्तन रुपान्तरण गर्न सवारीसाधन, प्रविधि र यातायात समाधान विकास गरेको छ।
ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले सहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटी, एसयू भीसेडान र इलेक्ट्रिक तथा प्लगइन हाइब्रिड पावरट्रेनयुक्त व्यावसायिक सवारीसाधनसहित विभिन्न मोडल सार्वजनिक गरेको छ।
व्यक्तिगत तथा व्यावसायिक ग्राहक प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड सिट्रोन हाल १०१ देशमा बिक्री हुँदै आएको छ भने विश्वव्यापी रूपमा ६२०० बिक्री र सेवा नेटवर्क रहेको छ।