काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा ‘रियलमी १२प्रो प्लस’ ल्याउने भएको छ। रियलमी रियलमी १२प्रो प्लसमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ।
यसले प्रयोगकर्तालाई रंगंन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ। रियलमी १२प्रो प्लसमा १२० हटर््जको रिफ्रेस रेट राखिएको छ।
क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२प्रो प्लसमा धेरै एप चलाउँदा एकदमै छिटो काम गर्ने बताइएको छ। यो फोनमा १२ जिबीको र्यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ, जुन आवश्यकताअनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ।
फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेका लागि रियलमी १२प्रो प्लसको क्यामेरा अति उपयोगी हुने बताइएको छ। यसमा ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नी भिजन ओभी६४बी सेन्सर र ओआईएस पाउन सकिन्छ।
यस्तै, फोटोका लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एंगल क्यामेरा र ३२ मेगा पिक्सेलको सोनी आईएमएक्स ६१५ सेल्फी क्यामेराजस्ता अत्याधुनिक सुविधा रियलमी १२प्रो प्लसमा उपलब्ध छन्।
६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङयुक्त ५,००० एमएएचको ब्याट्रीले गर्दा रियलमी १२प्रो प्लसका प्रयोगकर्ताले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन्।
फोन खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर तथा यूएसबी टाइप–सी केबल निःशुल्क पाइनेछ। नेपालमा रियलमी १२प्रो प्लसको १२ जिबी ¥याम र २५६ जिबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने बताइएको छ।