काठमाडौं । चिनियाँ अटो ब्रान्ड ‘नेटा इभी’ नयाँ स्टार्टअपको इभी निर्यात गर्ने पहिलो कम्पनी बनेको छ। अटो मोबाइलको विश्व बजारमा अन्य ब्रान्डलाई पछाडि पार्दै नेटा इभी न्यू स्टार्टअप सवारीसाधन निर्यात गर्ने पहिलो कम्पनी बनेको हो।
नेटाले सन् २०२४ को पहिलो चार महिना (जनवरी–अप्रिल)को अवधिमा १३ हजार ६९४ युनिट गाडी निर्यात गरेको छ। नेटापछि न्यू स्टार्टअप इभी निर्यात गर्ने दोस्रो स्थानमा अर्को चिनियाँ कम्पनी एक्सपेङ छ। यसले सोही अवधिमा कुल ३ हजार २९ युनिट इभी निर्यात गरेको छ।
नेपालमा नेटा इभी गाडी सिजी ग्रुपले बिक्रीवितरण गर्दै आएको छ। यस अवधिमा सेरेसले २ हजार ६ सय ९१ र स्काइवेलले ३ सय ६८ युनिट विद्युतीय गाडी निर्यात गरेका छन्।
यद्यपि, अटोमोबाइल कम्पनीहरूको न्यु इनर्जी भेहिकल निर्यात वरीयतामा नेटा चौथो स्थानमा छ। यसको शीर्ष स्थानमा बिवाइडी, टेस्ला र एसएआईसी प्यासेन्जर कार छन्।
यस अवधिमा बीवाईडीले १ लाख ३८ हजार ७६९, टेस्लाले १ लाख १९ हजार २० २ र एसएआईसी प्यासेन्जर ले २९ हजार ८२७ न्यू इनर्जी भेहिकल निर्यात गरेका छन्। पाँचौं नम्बरमा रहेको चेरीले १३ हजार ५१७, चांगनले ९ हजार ८५६ वटा न्यू ईभी निर्यात गरेका छन्।
चार महिनाको अवधिमा सायक जीएम विलिङ ९ हजार ८२३, गिली ८ हजार ९४६, जीएसी आयन ७ हजार २४२, डङफेङ होन्डाले ६ हजार ७९७, ग्रेटवाल मोटर्सले ६ हजार ७४१ न्यू इभी निर्यात गरेका छन्।
यस्तै, बीएमएडब्लु ब्रिलियन्सले ६ हजार ७१३, पोलारिस कारले ६ हजार ४६१, स्मार्ट मोटरले ५ हजार ३६१ र एफएडब्लुले ३ हजार ६०१ न्यू इभी निर्यात गरेका छन्।