काठमाडौं । रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन पर्छ। रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सहयोग गरेको छ। यसको ६.६७ इन्च एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्दछ। रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ।
स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ। एन्ड्रोइड १४ र हाइपर ओएसको सहायताले यो डिभाइस निर्बाध रूपमा चल्दछ। प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन्।
रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ। रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन्। यसमा १६ एमपीको सेल्फी क्यामेरा छ।
रेड्मी नोट १३ मा ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जछ। यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि छ।
रेड्मी नोट १३ एक साधरण स्मार्टफोन मात्र नभएर शानदार डिस्प्ले, बलियो पर्फर्मेन्स १०८ एमपीको क्यामेरा भएको उत्कृष्ट फोन हो। यो फोनको ५,००० एमएच ब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज हुन्छ।
रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरुमा उपलब्ध छ। यी फोनहरुको मूल्यको कुरा गर्दा ६/१२८ जिबि को मूल्य २४ हजार ९९९ रुपैयाँ छ भने ८/२५६ जिबिको मूल्य २७ हजार ९९९ रुपैयाँ छ। ग्रहकलाई प्रोत्साहन गर्न शाओमीले रेड्मी नोट १३ किन्दा २ हजार ९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र १ हजार ६९९ को बन्डल अफरमा पाउन सकिनेछ।