नेपाल दुई विशाल छिमेकी चीन र भारतको बीचमा अवस्थित छ। नेपालको सिमाना तीनतर्फ भारत छ र उत्तरतर्फ चीन छ। यो स्थान धेरै रणनीतिक महत्त्वको पनि हो। लम्बाइ हेर्दा करिब ९०० किलोमिटर र चौडाइ १५० किलोमिटर हुन्छ। त्यहाँ ३ मुख्य भौगोलिक क्षेत्र छन्।
उत्तरमा हेर्ने हो भने २८ हजार फिटभन्दा अग्ला हिमालय छन्। अनि दक्षिण जाँदा पहाड र उपत्यका छन्। दक्षिणमै पहाडको काखबाट सुरु हुने बाह्रैमासे बहने नदीसहित समतल जमिन, उर्बर भूमि, घना जंगल छ। हाम्रो जनसंख्यण तीन करोड छ। नेपालीको मुख्य पेसा कृषि हो र अन्य क्षेत्र पनि बढ्दै छन्।
त्यसकारण नेपालका लागि उड्डयन आधारभूत जीवनरेखाजस्तै हो किनभने हामीसँग पहाड र हिमालमा धेरै ठाउँ छन्। हामीसँग ५५ विमानस्थल, ३ अन्तर्राष्ट्रिय विमानस्थल, समतल क्षेत्रमा १० र हिमाली क्षेत्रमा ३३ विमानस्थल छन्। हामीले देशका सबै भागमा मौसमी सडक बनाएका छैनौं।
तसर्थ, हाम्रा लागि उड्डयन वा एयरपोर्ट जनताको सेवा गर्ने एक मात्र माध्यम हो। विद्यार्थीका लागि नुन, कपडा र पुस्तक, सबै कुराको ढुवानी होस्। त्यसैले अरुका लागि उड्डयन रमाइलो विषय हुन सक्छ तर नेपालका निम्ति आधारभूत जीवनरेखा हो।
उड्डयन हाम्रा लागि यातायात भरपर्दो साधन हो। समान रुपमा यो हाम्रो अर्थतन्त्रका लागि, पर्यटन, व्यापारका लागि र आन्तरिक रुपमा उडानका लागि ठूलो आर्थिक इन्जिन भएको छ। हामीसँग १० मिलियन बढी यात्रु छन्, आन्तरिक र अन्तर्राष्ट्रिय। एक वाक्यमा भन्न सक्छु–नेपाल धेरै सुन्दर देश हो र संसारमा कुनै पनि देशजस्तो तपाईंले फेला पार्न सक्नुहुन्न। एक वाक्यमा भन्न सक्छु– यो स्वर्गै हो।
उच्च उचाइ, उच्च रनवे ढलान, अप्रत्याशित मौसम र यदि तपाईं तुलना गर्नुहुन्छ भने क्यानडामा विमान निर्माता, युरोपमा, स्टोल विमानका लागि, तिनले उडान गर्न सक्ने अधिकतम उचाइ १२,००० फिट हो। तर, हामीसँग २८००० फिटभन्दा बढीको उचाइ छ। यसको मतलब तपाईंले साँघुरो उपत्यकाबीच नेभिगेट गर्नुपर्छ।
नेपालको उड्डयन क्षेत्र अर्थतन्त्र, पर्यटन, व्यापार र आन्तरिक जडानका लागि ठूलो आर्थिक इन्जिन भएको छ। हामीसँग १० मिलियन बढी यात्रु छन्, आन्तरिक र अन्तर्राष्ट्रिय।
पहाडको बीचमा विमान उडिरहेको छ। विमानको दुवै छेउमा अग्ला पहाड छन्। विमान पहाडमुनि छ। यो हाम्रा लागि ठूलो चुनौती हो। अधिकांश हाइड्रोलोजिकल मोडल यहाँ असफल छन्। नेपालको हिमाली क्षेत्रको मौसम एक वा दुई मिनेटपछि अनुमान गर्न सकिँदैन। दुई सेकेन्डपछि बादल आएर ढाक्छ। विमान पहाडमुनि छ।
सानो देश भएकाले दुई ठूला देशको बीचमा हुँदा अवसर र चुनौती हुन्छन्। एउटै मुद्दा (विषय)का लागि, हामीले हो भन्नु पर्छ तर उनीहरुसँग होइन भन्ने स्वतन्त्रता छ। यो उनीहरुका बीच हुने अवसर र चुनौती पनि हो। नेपाल जलवायु परिवर्तनबाट ठूलो मात्रामा प्रभावित देश हो।
हाम्रा सेता हिउँका पहाड कालो ढुंगामा परिणत भइरहेका छन् र हाम्रा बाह्रमासे नदीका स्रोत घट्दै गएका छन्। बाढीहिमपहिरो, अकालमा ताल, पहिरो खस्नेजस्ता जलजन्य प्रकोपका कारण हामीले धेरै विपत्ति भोग्नुपरेको छ। हाम्रा लागि जलवायु परिवर्तन ठूलो समस्या हो। यद्यपि यो नेपालको मात्रै समस्या होइन।
यदि तपाईंको बाह्रमासी नदी सानो र सानो हुँदै छ भने यसले विश्वभर असर गर्नेछ। तपाईंको समुद्र पनि खतरामा छ, हैन? त्यस कारण हामी अत्यन्तै नाजुक चरणमा छौं। हाम्रा लागि जलवायु परिवर्तन एउटा महत्त्वपूर्ण मुद्दा हो। हामीले यसलाई सबै अर्थमा न्यूनीकरण गर्नुपर्छ। जलवायु परिवर्तनमा नेपाललाई साथ दिनुस् किनकि यदि हामीले पीडा भोग्नुप¥यो भने बाँकी विश्वले पनि भोग्नुपर्नेछ।
नेपालजस्तो प्राकृतिक वातानुकूलित देश पाउन सकिँदैन। हामीले नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसकेका छौं र अहिले पूर्वाधार तयार भइसकेको भन्न सक्छु। त्यसैले हामीले नेपाललाई पर्यटन हब बनाउन एयरलाइन्स, होटल, रेस्टुरेन्टमा थप लगानी गर्नुपर्छ।
त्यसैले जलवायु परिवर्तनको समस्या छ। सानो देश भएकाले आर्थिक रुपमा सक्षम नभएकाले लगानीमा समस्या छ। जनशक्ति चुनौतीको समस्या छ। तपाईंलाई थाहा छ, नेपाली युवा जनशक्ति कामका लागि स्वदेशबाट विदेश जाँदै छ। खाडी देशमा हेर्नुस्, नेपालको जनसंख्याको लगभग २.७ मिलियन मध्यपूर्व र खाडीमा छन्। त्यसैले यो हाम्रा लागि चुनौती हो किनभने हाम्रो कार्यबल आफ्नो घर छाडेर विदेश जाँदैछ।
नेपालमा लगानीका प्रमुख क्षेत्र पर्यटन, जलविद्युत् र कृषि पनि हुन सक्छ। धेरै क्षेत्र छन्, जुन हामीसँग धेरै–धेरै क्षमता छ। नेपाललाई पर्यटनको दृष्टिकोणले हेरिँदा, हामीसँग विश्वकै अग्लो शिखर सगरमाथा छ। एउटै सगरमाथा मात्र होइन, हामीसँग विश्वका १० मध्ये अग्ला सात वटा हिमाल छन्। प्याराग्लाइडिङ, अल्ट्रालाइट एयरक्राफ्ट फ्लाइङ, स्काईडाइभिङजस्ता साहसिक पर्यटन हेर्ने हो भने पर्वतारोहण, पदयात्राजस्ता पर्यटनका प्रशस्त अवसर छन्। त्यसैले पहाडी क्षेत्रमा पर्यटनको प्रशस्त सम्भावना छ। हामीसँग धेरै सुन्दर उपत्यका, धेरै सुन्दर पहाड र ताल, गुफा, झरना, सबै चीजले भरिएका सुन्दर सहर छन्।
जंगल र धेरै राष्ट्रिय निकुञ्ज, जहाँ तपाईं एकसिंगे गैंडा, बाघ, हात्ती, धेरै लोपोन्मुख जनावर र चरा देख्न सकिन्छ। त्यसैले, यो एक धेरै सुन्दर देश हो। हामीले नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसकेका छौं र अहिले पूर्वाधार तयार भइसकेको भन्न सक्छु। त्यसैले हामीले नेपाललाई पर्यटन हब बनाउन एयरलाइन्स, होटल, रेस्टुरेन्टमा थप लगानी गर्नुपर्छ।
नेपालजस्तो प्राकृतिक वातानुकूलित देश पाउन सकिँदैन। वर्षभरि एकै प्रकारको पोसाक लगाउन सक्नुहुन्छ, न तातो वा चिसो। त्यसो भए यो राष्ट्रको धेरै–धेरै सुन्दर भाग हो। त्यसैले पर्यटन निजी लगानीका लागि अवसर हो। हामीले लगानीमैत्री नियमावली, कानुनी प्रावधान, भिसा प्रणाली, सबै कुरा लगानीमैत्री र हाम्रो समाजलाई लगानीमैत्री बनाएका छौं। त्यसैले पर्यटन क्षेत्रमा लगानी गर्न सबैलाई आग्रह गर्दछु । अर्को महत्त्वपूर्ण ठाउँ लुम्बिनी हो, गौतम बुद्धको जन्मस्थल। विश्वभरि लाखौं र करोडौं बौद्ध धर्मावलम्बनी छन्।
बुद्ध धर्मावलम्बीलाई भगवान् बुद्धको जन्मस्थलमा सीधै जोड्न सक्ने गरी लुम्बिनीमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेका छौं। त्यो अर्काे क्षेत्र हो, जुन तपाईंले लगानी गर्न सक्नुहुन्छ। त्यसपछि यदि तपाईंले जलविद्युत् देख्नुभयो भने हामी स्वच्छ ऊर्जाबारेमा कुरा गर्दै छौं, हैन?
नेपालसँग ८३,००० मेगावाट जलविद्युत् क्षमता छ, जुन ब्राजिलपछिको दोस्रो ठूलो हो। त्यो बिजुलीबाट उद्योग, विमानस्थल आदि चलाउन सकिन्छ। दिगो विमानस्थल, दिगो ऊर्जाबारे हिजो र आजका दिनमा धेरै कुरा सुन्दै आएको छु। त्यसैले हामीसँग जलविद्युत्मा पनि ठूलो सम्भावना छ। कृषिका लागि भन्नैपर्छ, हामीसँग उर्बर भूमि छ, जुन जैविक खाना, जैविक फलफूल, जैविक तरकारी हुर्काउन धेरै अनुकूल छ।
हामीसँग सिँचाइ गर्न प्रशस्त पानी छ। यदि तपाईं कल्पना गर्नुहुन्छ, हाम्रा २.७ मिलियन बढी कामदार, हाम्रो श्रमशक्ति मध्यपूर्वमा काम गरिरहेको छ, हैन? कल्पना गर्नुस्, यी सबै नेपालमा, आफ्नो गृहनगरमा काम गरिरहेका छन् र तिनले हरियो तरकारी सीधा उडानमा मध्यपूर्व पठाउँदै छन्। यसले गर्दा एयरलाइन्स, एयरपोर्टको कनेक्टिभिटी वातावरण सिर्जना हुनेछ। घरमा शान्ति, मनमा शान्ति र संसारमा शान्ति हुनेछ किनभने सबैले घरमा काम गरिरहेका छन्।
(अधिकारीबाट रियादमा आयोजित फ्युचर एभियसन फोरम २०२४ मा व्यक्त विचारको संक्षेप)