काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवस अवसरमा आगामी जेठ १९ मा तेस्रो संस्करणको ‘सांग्रिला साइकल र्याली’ गर्ने भएको छ।
बैंकले इन्धन बचाऔं, वातावरण जोगाऔं नारासहित डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ–संस्थासँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेको हो।
साइकल र्यालीमा सहभागी हुन जेठ १६ सम्म बैंकले उपलब्ध गराएको वेबसाइटमा निःशुल्क रजिस्ट्रेसन दर्ता गरिनेछ।
साइकल र्याली जेठ १९ बिहान ७ः०० बजेदेखि सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रंगशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर पानीट्यांकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने बैंकले बताएको छ।
वातावरण संरक्षणप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययीता एवं साइकललाई वैकल्पिक यातायात साधनका रुपमा प्रयोग गरेर प्रदूषण नियन्त्रणमा सहयोग गर्ने लक्ष्यसहित र्याली आयोजना गरिएको बैंकले जनाएको छ।
साइकल र्यालीमा सहभागी सबैलाई सहभागीलाई टिसर्ट र भाग्यशाली एक जनालाई साइकल तथा अन्य बम्पर पुरस्कार वितरण गरिने बैंकले बताएको छ।