काठमाडौं । आजभोली बालबालिकालाई इन्टरनेटको प्रयोगले खाइरहेको छ। बिहान उठ्दादेखि राति सुत्दासम्म बालबालिकाहरू इन्टरनेटको पहुँचमा हुने र त्यसैमा रमाउने गरेका छन्। यसले बालबालिकाको शारिरीक र मानसिक अवस्थामा असर पार्दै लगेको छ। त्यसैले बालबालिकालाई इन्टरनेटको पहुँचबाट जोगाउनुपर्छ।
बढ्दो इन्टरनेटको पहुँचले बालबालिकामा गम्भीर खतरा बढ्दै गएको छ। वेस्टर्न सिड्नी युनिवर्सिटीको यौङ एन्ड रेन्जिलिएन्ट सेन्टरले यसबारे एक अध्ययन गरेको छ।
सामाजिक सञ्जालको प्रयोगले कम आए भएका परिवारका बालबालिकाहरू अपरिचित व्यक्तिबाट अनुपयुक्त वा अनावश्यक अनुरोधको सिकार बढी रहने गरेको अध्ययनले देखाएको छ। विभिन्न प्रलोभनमा परेर बच्चाहरू ठूलो जोखिमको सिकार भइरहेको पाइएको छ।
बेलायतमा अनलाइन सेफ्टी एक्ट भनिने नयाँ कानुनअन्तर्गत इन्टरनेटमा बालबालिकाको बढी सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी प्रविधि कम्पनीहरूको हो। तर, यो कानुनसँग सम्बन्धित नयाँ नियम २०२५ सम्म लागू हुने छैन। अनलाइन संसारमा हामी हाम्रा बालबालिकालाई कसरी सुरक्षित राख्न सक्छौं र विश्वभरका सरकारहरू तथा प्रविधि कम्पनीहरूले इन्टरनेटलाई बालबालिकाका लागि सुरक्षित बनाउन के गरिरहेका छन्? भन्ने कुरा महत्त्वपूर्ण हो।
विश्वभरका बालबालिकाहरू पहिलेभन्दा आज अनलाइनमा धेरै समय बिताउँछन्। संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा प्रत्येक आधा सेकेन्डमा एक बच्चा पहिलो पटक अनलाइनको दुनियामा प्रवेश गरिरहेको छ।
तथ्याङ्कले विश्वमा कनेक्टिभिटी प्रवर्द्धनमा सबैभन्दा बढी योगदान युवाहरूको रहेको देखिन्छ। २०२३ सम्म, विश्वभरका १५ देखि २४ वर्षका उमेरका ७९ प्रतिशत मानिस अनलाइनको पहुँचमा थिए। जुन कूल जनसंख्याको ५६ प्रतिशत बढी हो।
सिड्नी युनिवर्सिटीको यौङ एन्ड रेन्जिलिएन्ट सेन्टरका सहनिर्देशक अमान्डा थर्ड भन्छिन्, 'आजका बालबालिकाहरू अनलाइन छन्। विश्वमा हुर्किँदै गएको र सधैँ परिवर्तन भइरहेको डिजिटल परिदृश्यमा उनीहरूलाई इन्टरनेट सुरक्षित राख्न मद्दत चाहिन्छ। साइबर संसारमा ३० देशका एक तिहाइ बालबालिकाले धम्कीको सामना गर्नु परिरहेको छ। अनलाइनबाट उनीहरूले यौन शोषण र दुर्व्यवहार सबैभन्दा बढी खेप्नु परिरहेको हुन्छ। जस कारण करिव २० प्रतिशत बालबालिकाले स्कुल जान नै छोड्ने गरेका छन्।'
२५ देशका झण्डै ८० प्रतिशत बालबालिकाले अनलाइनबाट यौन शोषणको सिकार हुनु परेको र दुर्व्यवहारको खेप्नु परेको गुनासो गर्दै आएको अध्ययनले देखाएको छ।
बालबालिकाहरूले इन्टरनेटमा कस्ता सामग्री हेरिरहेकाछन् भनेर अभिभावकले निगरानी गर्नुपर्छ। तर, अभिभावकले पनि सूक्ष्म अध्ययन गर्नुको सट्टा हस्तक्षेप र प्रतिबन्ध अपनाइरहेका हुन्छन्। युरोप र दक्षिण अमेरिकी धनी देशमा अभिभावकहरू मध्यस्थता रुचाउँछन्। घाना, फिलिपिन्स र दक्षिण अफ्रिकामा अभिभावकले सिमित हस्तक्षेप गर्ने गरेका छन्। बालबालिकाको फोन वा अन्य उपकरणमा अभिभावकको त्यति नियन्त्रण हुँदैन।
अध्ययनमा सहभागी अभिभावकहरू मध्ये तीन प्रतिशतलेमात्र बालबालिकाको इन्टरनेट पहुँच नियमनका लागि प्राविधिक उपकरणहरू प्रयोग गरिरहेको पाइएको थियो। सामग्री हेर्नका लागि बालबालिकाहरूका लागि डिजाइन गरिएको 'किड्स संस्करण' सेट गर्न सकिन्छ। जसले बयस्क सामग्रीलाई फिल्टर गर्दछ।
युट्युव र टिकटक प्रयोग गर्ने किशोरकिशोरीका लागि अभिभावकले निगरानी राख्ने खाता बनाउन सक्छन्। उक्त एप्सको प्रयोगले बच्चाहरूले के हेरिरहेकाछन् भनेर निगरानी गर्न सहजता प्रदान गर्छ। फेमिली सेन्टरमार्फत पनि निगरानी गर्न सकिन्छ। बच्चाहरूले गुनासो गरेका खाताहरूको सूची पनि बनाउन सक्छन्।
एन्ड्रोइड र एप्पल फोन तथा ट्याब्लेटमा अभिभावकहरूले विभिन्न टुल प्रयोग गर्न सक्छन्। ति टुलको माध्यमबाट केही एप्सहरूलाई ब्लक पनि गर्न सकिन्छ र ब्राउजरमा निगरानी गर्न सकिन्छ। एडल्ट सामग्रीलाई प्रतिवब्धन गर्नुका साथै बच्चाहरूले खरिद गर्न खोजेका कतिपय अनावश्यक सामग्रीमा पनि त्यस्ता टुलको माध्यबाट नियन्त्रण गर्न सकिन्छ।
एप्पलले यसको लागि स्क्रिन टाइम उपकरण प्रदान गरेको छ। गुगलले फ्यामिलि लिंक भनेर एउटा एप उपलब्ध गराउँछ। त्यसबाट पनि बालबालिकाको इन्टरनेट पहुँचलाई नियन्त्रण गर्न सकिन्छ।
नेटफ्लिक्स जस्ता स्ट्रिमिङ प्लेटफर्महरूले सामग्री फिल्टर गर्न अभिभावकीय नियन्त्रणहरू उपलब्ध गराएका छन्। अभिभावकीय नियन्त्रण विकल्पहरू ब्रोडब्यान्ड र टिभी सब्सक्रिप्सनको सेवाबाट पनि प्राप्त गर्न सकिन्छ।
ब्रिटेनको बच्चाको कल्याणकारी संस्था एनएसपीसीसीका अनुसार आफ्ना बालबालिकासँग अनलाइन सुरक्षाको बारेमा कुरा गर्नु र चासो राख्नु पनि महत्त्वपूर्ण हुन्छ। बालबालिकासँग उनीहरूले प्रयोग गरिहेको सामाजिक सञ्जालका बारेमा बेला बखतमा कुराकानी गरिरहनुपर्छ।
युनिभर्सिटी अफ सरेका कम्प्युटर सुरक्षा विशेषज्ञ प्रोफेसर एलन वुडवर्ड भन्छन्, 'सबैभन्दा नराम्रो कुरा भनेको बच्चाहरूलाई तिमिले यो देख्न मिल्दैन भन्नु हो।' यो हेर्नु हुँदैनभन्दा बच्चामा कम कौतुहलता जाग्ने र हेर्नका लागि विभिन्न विकल्प अपनाउने गरेको उनको भनाइ छ। उनीहरूले भिपिएन प्रयोग गरेर भए पनि नहेर्नु भनेका कुरा हेर्ने गरेको पाइएको प्रोफेसर एलनको भनाइ छ।
इन्टरनेटको सुरक्षाका लागि सरोकारवालाहरूले कानुन निर्माणमा जोड् दिइरहेका छन्। इन्टरनेशनल एसोसिएसन अफ प्राइभेसी प्रोफेशनल्स (आईएपीपी) ले अनलाइन संसारमा गोपनीयता र सुरक्षा कायम गर्न आवश्यक रहेको बताएको छ। तर, अधिकार क्षेत्रहरूले यसको साझा लक्ष्यको लागि विभिन्न दृष्टिकोणहरू लिइरहेका छन्।
उदाहरणका लागि, बेलायत वा क्यालिफोर्नियामा, बालबालिकाको गोपनीयता र सुरक्षालाई सक्रिय रूपमा सुरक्षित गर्न सक्ने गरी सेवाहरू डिजाइन गर्ने जिम्मेवारी कम्पनीहरू रहेको बताइएको छ। - बिबिसी हिन्दीबाट साभार