काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’ भएको छ।
जेठ ६ गतेको बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकले सीईओ पदमा दरखास्त दिएकाहरूमध्येबाट उम्मेदरवारको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबभन्दा बढी अंक प्राप्त गर्ने पाँच जनालाई छनौट गरिएको बताइएको छ।
राजनीतिक दलको सदस्यता नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न नभएको, भ्रष्टाचार, सम्पत्ति शु्द्धिसकरण जस्ता अभियोगमा कसुरदार नरहेको र कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको व्यक्तिलाई बैंकको सिइओ नियुक्त गरिने बताइएको छ।
छनौटमा पर्नेहरूमा क्रमशः कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन्।
समितिले उल्लिखित पाँचै जना उम्मेदरवारलाई जेठ ९ गते फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन भनेको छ।
अन्तर्वाताका लागि सञ्चालक समितिको कार्यालय, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा तोकिएको छ।