नुवाकोट। चिलेमे–त्रिशूली २२० को प्रसारण प्रणाली योजनाअन्तर्गत नुवाकोटको किस्पाङ नगरपालिकाको पहारेबेनसिमामा निर्माण गरिएको त्रिशूली थ्रीबी हब २२०/१३२/३३ को सबस्टेसनको पनि उद्घाटन गरिएको छ।
आयोजनाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमअन्तर्गत किस्पाङ नगरपालिकाको भल्चेमा निर्माण गरिएको ३३/११ को विद्युत वितरण सबस्टेसनको पनि उद्घाटन गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, मिरियम फेरोन, युरोपेली आयोगका अन्तर्राष्ट्रिय साझेदारीका उपमहानिर्देशक, युरोपियन युनियनका राजदूत बेरोनिक लोरेन्जो, जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक निर्देशक ‘शुक्रबार युनाइटेड’ले त्रिशूली थ्रीबी हब र भल्चे सबस्टेसनको उद्घाटन गरेको हुन्।
करिब १०४ रोपनी जग्गामा एक अर्ब ९७ करोडको लागतमा त्रिशूली थ्रीबी हब सबस्टेसन निर्माण भएको हो। त्रिशूली–काठमाडौं २२० को प्रसारण लाइन पनि त्रिशूली थ्रीबी हब सबस्टेसनमा मातातीर्थ सबस्टेसनसँग जोडिएको छ।
भल्चे सबस्टेसन र त्रिशूली थ्रीबी हब–भल्चे ३३ को प्रसारण लाइनलगायत छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ छ। नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन र सबस्टेसन प्रभावित भएकाले छिमेकी विद्युतीकरण कार्यक्रम मार्फत विद्युतको पहुँच विस्तार गरी आपूर्ति लाइन पूर्ण र गुणस्तरीय बनाउन ३३ र ११ वटा वितरण लाइन निर्माण गरिएको छ।
यसबाट नुवाकोट र रसुवाकाका २ हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन्। उद्घाटन समारोहमा मन्त्री बस्नेतलले त्रिशूली जलाधार क्षेत्रको जलविद्युत योजना मात्र नभई सिंगो देशमा उत्पादित विद्युत् प्रवाहका लागि सबस्टेसन निर्माण महत्वपूर्ण कदम भएको बताए।