काठमाडौं। नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एकपछि अर्काे सफलता हात पार्दै आएको छ।
एमजी४ ईभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको छ। न्यूजिल्यान्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको छनोटमा एमजी४ ईभीले शीर्ष उपाधि जित्न सफल भएको हो।
अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं। एमजी४ को यो न्यूजिल्यान्डमा मात्रै नवौं पुरस्कार जित हो।’ गत वर्ष नेपाली बजार प्रवेश गरेको विद्युतीय कार एमजी४ ईभी सहज यात्रा तथा किफायती मूल्यका लागि परिचित छ।
२०२२ मा बजारमा आएको एमजी४ ईभीले ‘बेस्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द इअर २०२३’, ‘ बेस्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गियर अवार्ड २०२२ मा ‘बार्गेन अफ द इअर’ जस्ता विभिन्न उपाधि हासिल गर्दै आएको छ।
सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायती ब्रान्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताले गर्दा लोकप्रियता कमाउँदै आएको छ।
३०० बढी दक्ष इन्जिनियरले युरोपेली ईन्जिनियरिङ प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधन युरोपेली ग्राहक माग सम्बोधन गर्न प्रसिद्ध छ।
एमजीको नेपालका लागि आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले हाल नेपालमा एमजी४ ईभी, एमजी जेडएस ईभी, एमजी कोमेट ईभी गरी ३ मोडलका विद्युतीय र एमजी हेक्टर, एमजी एचएस र एमजी एसटर गरी ३ वटा मोडलका इन्धन गाडी बिक्री गर्दै आएको छ।