काठमाडौं। आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० को बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ५.६३ अंकले बढेर १९६६.२३ को बिन्दुमा बन्द भएको थियो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कारोबारमा आएकामध्ये १२७ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर छ।
आज सांग्रिला डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। साता कारोबारको पहिलो दिन आइतबार सांग्रिलाको ३ लाख २८ हजार ४१८ कित्ता सेयर कुल १० करोड ५० लाख रुपैयाँ बराबरमा कारोबार भएको हो।
यस्तै, पोखरा फाइनान्सको सेयरमा ८ करोड ६ लाख र सोनापुर मिनिरल्स एन्ड वेलको ८ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्टको सेयर कारोबार ७ करोड ७१ लाख र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर ६ करोड ९५ लाख रुपैयाँ बराबर कारोबार भएको छ।
आइतबार सेयर बजारमा कुल ३ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो। कारोबारमा सुधार आउँदा सेयर बजार सूचक नेप्से पनि बढेको छ।
आज सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.५२ प्रतिशतले बढेको छ।
आइतबार मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ५.४४ प्रतिशतले घटेको छ।
आज निर्जीवन बिमा कम्पनी समूहको सेयर मूल्य सर्वाधिक अर्थात् २.६४ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन समूहको सेयर मूल्य २.४० प्रतिशतले घटेको छ।