काठमाडौं। नेपाल मोबिलिटी सोलुन्सन्सले जुमजुम नामक नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ। नेपाल मोबिलिटी सोलुसन्सअन्तर्गत ब्रान्डको रूपमा सञ्चालनमा ल्याइएको जुमजुम ग्राहकको सहज र सुविधायुक्त यात्राका लागि उत्तम रहेको कम्पनीले जनाएको छ।
नेपाली कम्पनी एफ अनसफ्ट ग्रुपका विज्ञद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिकमीद्वारा विकसित एप जुमजुमले नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउने दाबी कम्पनीको छ।
एफ अनसफ्ट ग्रुपका सीईओ सुवास शर्माले भने, ‘एफ अनसफ्टले सधैं डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ। नेपालको डिजिटल रुपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाको इकोसिस्टम निर्माण गर्दै आएको छ। जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा इकोसिस्टममा समावेश गर्नेछौं।’
प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुका साथै रियलटाइम ट्रयाकिङले सवारीलाई व्यवस्थित र निगरानीको साथ झन्झटरहित यात्राको अनुभव सुनिश्चित गर्नेछ। जुमजुमले ड्राइभरका लागि प्रमाणीकरण प्रक्रिया र एपभित्र सुरक्षा उपायका साथ यात्रु सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
यस्ता छन् सुविधा
ई–सेवामार्फत सजिलो भुक्तानी
जुगजममा ईसेवा डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुलाई खुदा पैसा लिनुपर्ने झन्झटबाट मुक्त बनाउँछ। साथै चालकले ईसेवामार्फत तत्काल भुक्तानी प्राप्त गर्न सक्नेछन्।
मल्टिपल बुकिङः जुमजुममा विभिन्न गन्तव्यको यात्रा सुव्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारी बुक गर्न सकिनेछ।
गुगल म्यापः जुमजुमसँग आफ्नो सही गन्तव्य सुनिश्चित गर्नुहोस्। गुगल म्यापमार्फत सही नेभिगेसन र समयको ट्राफिक वास्तविक सम अनुभव गर्न सक्नुहुनेछ।
अपडेटका साथ कुशल मार्ग योजना र प्रयोगकर्ता
बुक फर ए फ्रेन्डः जुमजुममा प्रयोगकर्ताले आफ्ना लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्ना निम्ति बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यका लागि पनि सवारी बुक गर्न सकिनेछ।
बिमा कभरेज: बिमा कभरेजले प्रयोगकर्तालाई अप्रत्याशित घटनाबाट सुरक्षा सुनिश्चित गर्दछ। सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि ५ लाखसम्मको बिमा प्रदान गर्दछ।
साथै, जुमजुमले चालकका लागि थप आर्थिक अवसर समर्थ गर्दछ, डाइरेक्सल हायरजस्ता सुविधामार्फत चालकलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्रा स्वीकार गर्न अनुमति दिंदै एउटै दिशामा जाने यात्रुसँगको यात्रा सुनिश्चित गर्दछ।
जुमजुमले पहिलो तीन सवारीसाधनमा ७५ प्रतिशत छुट प्रस्तावका साथ यात्रुका लागि अविश्वसनीय बचतमा जोड दिएको छ। थप रूपमा चालकले एक हजार ज्वाइनिङ बोनससहित आकर्षक बोनसबाट लाभ उठाउन सक्छन्। प्रारम्भिक दुई साताका लागि ०५, कमिसन र त्यसपछि कमिसन रिबेट कार्यक्रममा जती धेरै राइड त्यति कम कमिसन योजना ल्याएको छ। साथै, चालकले दैनिक बोनस २ हजार रुपैयाँसम्म कमाउन सक्छन्।
पीकमी श्रीलंकाका सीईओ जिफ्री जुल्फरले भने, ‘एफ अनसफ्ट इन्टरनेसनलसँग हाम्रो उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित छौं। यो सहकार्यले हाम्रो साझा दृष्टिकोणलाई प्रकाशित गर्छ, जसमा गतिशीलता र जीवनमा सुधार ल्याउन प्रविधि प्रयोग गरिन्छ। जुमजुमले नेपालको यातायातमा नयाँ रुप फेर्नेछ भन्नेमा विश्वस्त छाैं।’
एफ अनसफ्टका अध्यक्ष विश्वास ढकाल जुमजुमले नेपालको यातायात परिदृश्यमा क्रान्ति ल्याइरहेको मात्रै नभएर रोजगारी अवसर सिर्जना गरी अर्थतन्त्रमा पनि महत्त्वपूर्ण योगदान दिने बताउँछन्।
उनले भने, ‘यात्रु र चालकबीचको पारस्परिक रूपमा लाभदायक सम्बन्धलाई बढावा दिने हाम्रो प्रतिबद्धताले जीवन अनि समुदायको उत्थान गर्ने समर्पणलाई जोड दिन्छ। हामी नेपालको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्दै यातायात उद्योगको मापदण्डलाई पुनर्संरचना गर्दै अगाडि बढिरहेका छौं।’