काठमाडौं। डेटा र इन्फोग्राफिक संकलनमा ख्याति कमाउँदै आएको तथ्य अनुसन्धान र विश्लेषण प्रालिले अन्तरदृष्टिपूर्ण नयाँ पुस्तक ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक गरेको छ। नयाँ पुस्तक संस्करणले पाठकलाई ज्ञान र डेटासम्बन्धी लाभ दिन सक्ने संस्थाले जनाएको छ। पुस्तकले सबै पृष्ठभूमिका व्यक्तिलाई पहुँचयोग्य बनाउँदै पाठकको दैनिक जीवनमा प्रभावकारी रूपमा डेटा साक्षरताका लागि स्पष्ट दृष्टिकोण दिने बताइएको छ।
पुस्तकमा देशका विभिन्न क्षेत्र जस्तै, आर्थिक, कर्पोरेट, सामाजिक, विकास, राजनीतिलगायतका २४ विषयवस्तु समावेश छन्। यसमा समाविष्ट इन्फोग्राफिक्स दृश्यात्मक रूपमा आकर्षक हुनुका साथै तथ्यपरक रहेको दाबी गरिएको छ। ‘फ्याक्टस् अफ नेपाल २०२४’ वर्तमानमा डाटा–सञ्चालित वातावरणमा फस्टाउन खोज्ने सबैका लागि आवश्यक स्रोत हो। यसले मानिसलाई सूचनाको युगमा सक्रिय सहभागी हुन सशक्त बनाउनेछ।
तथ्य अनुसन्धान र विश्लेषण प्रालि २०१२ मा स्थापित निजी अनुसन्धानात्मक संस्था हो। यो संस्था रिटेल अडिट सेवा, अनुकूलित अनुसन्धान, अभियान रणनीति, र ग्राहकका लागि मिडिया गतिविधिमा विशेषज्ञ छ। यसले अनुसन्धानका आधारमा सही र कार्ययोग्य डाटा सेवा उपलब्ध गराउँछ। पुस्तकको मूल्य ५०० रुपैयाँ पर्छ। फ्याक्टस् कार्यालयबाट पुस्तक खरिद गर्न चाहे ३० प्रतिशत छुट दिइनेछ।
संस्थाले नेपालको अनुसन्धान उद्योगमा अद्वितीय र आकर्षिक पहल गरेको छ। संस्थाले आकर्षक छलफल र इन्फोग्राफिक्समार्फत राष्ट्रिय टेलिभिजन, समाचारपत्र, जर्नल र अनलाइन समाचार पोर्टलजस्ता विभिन्न मिडिया आउटलेटसँग सहकार्य गरी तथ्यांक र तथ्य सार्वजनिक गर्दै आएको छ।