काठमाडौं। सेयर बजारमा १५ अंकको गिरावट आएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अंकले घटेर १९५८.७५ को बिन्दुमा बन्द भएको हो।
अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से २४.५८ अंकले घटेर १९७४.३७ को बिन्दुमा बन्द भएको थियो। यस्तै, बिहीबार पनि नेप्से ७.३१ अंकले घटेर १९९८.९६ को बिन्दुमा बन्द भएको थियो।
आज पनि घटेसँगै नेप्सेमा लगातार तीन कारोबार दिन गिरावट आएको छ। तीन कारोबार दिनमा नेप्सेमा कुल ४७.५१ अंकको गिरावट आएको छ।
अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ। सोमबार कुल २ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने कुल ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बिहीबार भने नेप्सेमा कुल ४ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ९.०३ प्रतिशत र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्य ८.५२ प्रतिशतले बढेको छ।
यस्तै, सोमबार दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ। नकरात्मक सर्किट लाग्नेमा पोखरा फाइनान्स र डोल्टी पावर लिमिटेड कम्पनी रहेका छन्।
सोमबार विकास बैंक उपसमुह बाहेक सबै उपसमुह राताम्य भएका छन्। विकास बैंक उपसमुहको सेयर मूल्यमा ०.२३ प्रतिशतले बढ्दा फाइनान्स समुहमा सर्वाधिक अर्थात् १.९६ प्रतिशतको गिरावट आएको छ।