काठमाडौं। एसपिजि अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’मा दुईवटा अवार्ड पाएको छ। कम्पनीले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ पाएको हो। अवार्ड पाएपछि कम्पनीले नेपालको इलेक्ट्रिक गाडीको (ईभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको प्रतिक्रिया दिएको छ।
शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, 'यो उपलब्धि हाम्रो नेपाली ग्राहकहरूको असिम साथ-सहयोगद्वारा सम्भव भएको हो। हामीले ल्याउने अत्याधुनिक ईभीहरूमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौँ। हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ। हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनरहरू, र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गर्दछौँ।'
नेपाली सडक र जीवनशैलीका लागि उपयुक्त ओमोडा ई५ फेब्रुअरीमा लन्च गरिएको थियो। कम्पनीले डेलिभरि सुरु भएदेखि, छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई फ्यूचरिस्टिक ओमोडा ई५ को १५१ भन्दा बढी युनिटहरू हस्तान्तरण गरिसकेको छ।
त्यसै अवसरमा गत अप्रिलमा, ओमोडा ई५ का नयाँ ग्राहकहरू तथा अटोमोबाइल्स, प्रविधि र ईभी क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थितीमा '१५१ प्लस ओमोडा अन द स्ट्रिट्स' समारोह पनि आयोजना गरेको थियो।
ओमोडा ई५ गाडीले अत्याधुनिक विद्युतीय प्रविधि, स्टाइलिस डिजाइन र आधुनिक सुविधाहरूका साथ नेपाली उपभोक्ताहरूको ध्यानाकर्षण र समर्थन प्राप्त गरेको र ईभी साधनका लागि प्रमुख रोजाइको रूपमा बस्न सफल भएको कम्पनीको दाबी छ।