एसियाली बिकास बैंक (एडिबी)ले हालै नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) बृद्धिदर सन् २०२४ मा ३ दशमलव ६ प्रतिशत र २०२५ मा ४ दशमलव ८ प्रतिशत हाराहारी रहने नयाँ प्रक्षेपण गरेको छ। प्रक्षेपित आर्थिक बृद्धिदर श्रीलंका, अफगानिस्तान र पाकिस्तानको भन्दा राम्रो भएपनि मुलुक इतिहासमै पहिलो पटक नराम्रो आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजननिक राष्ट्रिय लेखामानअनुसार चालू वर्ष नेपालको आर्थिक बृद्धिदर आधारभूत मूल्यमा ३ दशमलव ५४ प्रतिशत र उपभोक्ता मूल्यमा ३ दशमलन ८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। प्राप्त सूचकहरुलाई नियाल्ने हो भने अर्थतन्त्रका बाह्य सूचकहरु सवल छन्। आर्थिक बृद्धि पनि दसकिय औसत हाराहारी हुने प्रक्षेपण भएकै छ। तर, आन्तरिक अर्थतन्त्रका अंगहरु चलायमान हुन सकेका छैनन्। बजारमा व्यापारीहरुको व्यबसायप्रतिको आत्मविश्वास नराम्रोसंग कमजोर देखिएको छ। देशको पुर्व देखि पश्चिमसम्म व्यापारी र उपभोक्ताहरुको मनोवल र आत्मबल दुवै निकै कमजोर अवस्थामा पुगेको देखिन्छ।
खासगरी शहरी र शहरोन्मुख क्षेत्रका मुख्य चोकहरुका पसल/कबलहरु धेरै खालि भएका छन्। साना व्यबसायीहरुले आफ्ना व्यबसाय बन्द वा सटरडाउन गरि पलायन बन्दै गरेको अवस्था आँफैमा डरलाग्दो र कहालिलाग्दो छ। चिया पसल, पान पसल, सुन पसल, कपडा पसल, गाडी बेच्ने देखी सिमेन्ट बेच्नेसम्म, कर्मचारी देखि ब्रह्मचारी सम्म र कपाल काट्ने देखि कर्पोरेटसम्म सबै जानी नजानी रियलस्टेट क्षेत्रमा समावेश भएको हाम्रो अर्थतन्त्र र यससंग सम्बन्धित अवयवहरु अहिले ठप्प प्रायः हुँदा देश भयावह अवस्थामा पुगेको आभास मिल्छ। जग्गाको टुक्रा आर्जन गर्नु र घर बनाउनुलाईनै आर्थिक प्रगतिको सूचक मान्ने नेपाली समाजले सबैजना व्यबसायीहरुलाई ऋणधन गरि जग्गा किन्न र घर बनाउन प्रेरित गर्ने र गरेको कुरा वास्तविक र यथार्थ हो। कुनै मोटरबाटो र राजमार्ग खुल्दा बित्तिकै हौसिने नेपाली समाज त्यस्तो मोटरबाटो र राजमार्गको छेउंछाउ हात र बित्तामा जग्गा किन्न हिच्किचाउँदैनन्। अझ प्रदेश राजधानी र पालिका केन्द्रको अवधारणाले जग्गाको मूल्य अकासिने अनुमान गरि व्यापारी र उपभोक्ताका आवश्यकताभन्दा बढी मनोवल बढ्न गइ जग्गाको मूल्य वास्तविकभन्दा धेरै बढी हालेर किनबेच गर्न तयार हुँदाको परिणाम अहिले देखिइरहेको छ। सहरोन्मुख क्षेत्रको बजार र भविष्य नहेरी बनाइएका व्यापारिक भवनहरु प्रायः खालि छन्। यस्ता भवनहरु बनाउँदा गरिएको भाडा र आय अनुमान वास्तविकतासँग मेल नखाँदा बैंकहरुबाट लिएको ऋण खराब कर्जामा परिणत हुँदै गएका छन्। यसले ऋणीहरुको उठिबास हुने अवस्था सिर्जना गरेको छ।
खासगरी एकजना कोही व्यक्तिले कुनै व्यवसायमा राम्रो गर्न सफल भएमा उसैको सिको गर्दै त्यहि व्यबसायमा भविश्यको सम्भावना नहेरि हाम फाल्न उद्यत हुने नेपाली समाज प्रदर्शन प्रभाव (डेमोन्स्ट्रेसन इफेक्ट) बाट नराम्रोसँग जकेडिएको छ। जसका कारण कुनै व्यावसायिक क्षेत्र आर्थिक रुपमा क्षतिग्रस्त बन्न पुग्यो भने त्यसको खहरे भेलमा सबैजना समाहित हुनुपर्ने अवस्था बन्दै गइरहेको छ। यस्ता घट्ना नेपाली समाजमा पहिलादेखिनै चल्दै आएको छ। अरु नियमित व्यबसायबाट हुने आम्दानीभन्दा घर जग्गाको कारोवारबाट हुने आम्दानी तुलना योग्य नहुँदा मानिसहरु घरजग्गा कारोबारमा बढी आकर्षित भएको पाईन्छ। अझ कोभिड–१९ संक्रमणपछि साना ठुला सबै व्याबसायिहरुलाई आफ्नो नियमित व्यबसायभन्दा बढी घरजग्गा कारोवारमा संलग्न हुन उत्प्रेरित ग¥यो। उद्योगीहरुलाई पनि बस्तु तथा सेवा उत्पादन गरेर सानो आम्दानी गर्नु भन्दा घरजग्गाको एक÷दुइवटा कारोवारमै राम्रो प्रतिफल प्राप्त गर्ने परिवेशले उत्प्रेरित ग¥यो र फलस्वरूप उद्योग संचालनबाट ध्यान भंगभइ ‘रियल इस्टेट’ क्षेत्रमा आकर्षण बढ्न गयो।
अर्थतन्त्र गतिशील हुन्छ। बैंकहरुको लगानीको रुप र गति सधैभरि एउटै हुँदैन। मान्छेहरुको चाहना र इच्छाहरु परिवर्तन भईरहेका हुन्छन्। मानिसहरुको भौगोलिक बसाइसराईंले अर्थतन्त्रका अवयवहरुमा परिवर्तन ल्याउने गर्दछ। मुलुकमा २२–५० बर्ष उमेर समुहको जनसंख्या क्रमशः न्यून हुँदै गइरहेको छ। पछिल्लो समय मानिसहरुको भिड बजार र व्यबसायहरुमा किनमेलका लागि होइन त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थलमा देश छोड्ने लाइनमा भेटिन्छ। दैनिक दुइ हजार हाराहारी देश छोड्नेहरुको बिमानस्थलमा देखिने लर्कोले मुलुकमा ठुलै संकट आइलागेको आभाष दिलाउँछ। बिमानस्थलमा देखिने देश छोड्नेहरु र छोड्न जाने परिवारका सदस्यहरुको रोनाधोनाले असमान्जस्य अवस्था २४ घण्टैजस्तो बिमानस्थलमा देख्न सकिन्छ। देशको पुर्व देखि पश्चिम, तराईदेखी पहाडसम्मका बस्तीहरु धेरै खालि भइसकेका छन्। फलतः बस्तु तथा सेवाको उपभोगमा निकै कमि आइरहेको छ अर्थात् बस्तु तथा सेवाको उपभोग गर्ने उमेर समुहको कमि हुँदै छ वा माग छैन। दैनिक उपभोग्य बस्तुसँगै कपडा, जुत्ता, मोबाइल फोन, कम्प्युटर, मोटरसाइकल आदि बस्तुहरुको माग पनि उल्लेख्य घटिरहेको छ भने खाजाघर तथा रेस्टुरेन्टहरुको व्यापारमा पनि नराम्ररी मन्दि लागेको छ। त्यसैको परिणाम बैंकहरुमा प्रसस्त तरलता हुँदा पनि कर्जाको माग आइरहेको छैन। कर्जाको माग नदेखिँदा घरजग्गाको माग पनि अकल्पनिय रुपमा घटेको छ। जग्गाको क्रेता पाउन निकै कठिन छ र कसैगरि क्रेता भेटियो भनेपनि उसले राम्रो ठाउँमा आफ्नै मोलमा घर जग्गा पाउने अवस्था बनेको छ।
तथ्यांक स्रोत : नेपाल राष्ट्र बैंक
खाद्यान्न तथा औषधिजन्य उद्योग र व्यबसायबाहेक अरु सबैखालका व्यबसायहरुमा कोभिडले लामो समयसम्म प्रभावित बनायो। यसले बैंकबाट ऋण लिइ कोभिड शुरु हुनुपुर्व स्थापना भइ शुरु हुने तरखरमा रहेका उद्योग र व्यवसायहरु करिब ३ बर्ष बिना उत्पादन र बिना आम्दानी सञ्चालन खर्च र बैंक व्याज बुझाउन वाध्य भए। जसले गर्दा ति उद्योग÷व्यवसायको पुँजी नराम्रोसँग क्षयीकरण हुन गयो। कोभिडकालमा बैंकहरुमा निक्षेपको वृद्धिदर उल्लेख्य रहेकाले कर्जा पनि त्यही रुपमा प्रवाह गरे। फलतः रियल इस्टेट क्षेत्र कोभिडकाल र त्यसपछि पनि केही समय निकै राम्रोसँग मौलायो। कोभिडकालमा भोगेको व्यावसायिक नैरास्यताबाट निस्कन धेरै उद्योगी÷व्यवसायीहरुलाई घरजग्गा क्षेत्रले आकर्षित ग¥यो। नियमित व्यबसायबाट लगानी र समय डाइभर्ट गरि घरजग्गा क्षेत्रमा लगाउन पुगे। बिडम्बना शुरुका दिनहरु केहि सुखद रहेपनि बैंकहरुले करिब सन् २०२१ को सेप्टेम्बर–अक्टोबर देखि २०२३ को मे–जुनसम्म भोगेको तरलता समस्याले कर्जा लगानी ठप्प प्रायः बन्न पुग्यो। यसको प्रतक्ष्य असर फेरी रियल स्टेट क्षेत्रमै देखियो।
विगतदेखी नै रियल इस्टेट क्षेत्रमा लगानी गरेका व्यवसायीहरु पनि तरलता अभावबाट सृजित मन्दीको मारमा परे। यस्ता व्यवसायीलाई नियमित व्यबसाय चलाउन चालु पुँजीको कमी भइरहेको अवस्था एकातिर छ भने अर्कोतिर घरजग्गा आज बिक्ला र भोलि बिक्ला अनि ऋण र अरु व्यबहार मिलाउँला भन्ने सपना देख्दादेख्दै बैंकले नाम निकाली सबै सम्पत्ति लिलामीमा चढ्ने अवस्थामा पुगेको छ। आर्थिक गतिविधि सहज ढंगले नचल्दा व्यबसायी र व्यबसायहरुको आम्दानी नराम्रोसँग प्रभावित हुन पुगेको छ। बिना आम्दानी व्यावसायिक दायित्वहरु बहन गरिरहँदा व्यवसायमा लगाएको पुँजी क्षय हुँदै गइरहेको छ र बैंकहरुलाई बुझाउनुपर्ने साँवा तथा व्याज भुक्तानी हुन नसक्दा बैंकहरुको निस्क्रिय कर्जाको मात्रा पनि डरलाग्दो गरी बढ्दै गइरहेको छ।
जुन व्यवसायीहरु आफ्नो नगद प्रवाहको अवस्था एकिन गरि नियमित व्यबसाय सञ्चालन गर्दै घरजग्गामा पनि लगानी गरेका छन्, उनीहरुको अवस्था अहिलेसम्म ठिक देखिन्छ। तर, जसले आफ्नो मूल व्यबसाय थाँती राख्दै दिन दुगुना र रात चौगुना कमाउने सपना देखि घरजग्गा कारोबारमा लागे, उनीहरु अहिले नगद प्रवाह मिलाउन नसकि समस्यामा फसिरहेको जगजाहेर छ। बैंक तथा बित्तिय संस्थाबाट ऋण लिनु अगाडी जोकोहीले आफ्नो सम्पति के हो र तिर्नुपर्ने दायित्व कति छ भन्ने स्पस्ट छुट्ट्याउन सक्नु पर्छ। बैंकको ऋण तिर्नुपर्ने दायित्व हो र एउटा व्यबसायको लागि लिएको ऋण छिटो र धेरै कमाउने आकांक्षामा परि जानि नजानी घरजग्गा क्षेत्रमा लगाउँदा धेरै जना व्यबसायीहरु दोहोरो मारमा परेका छन्। घरजग्गाको व्यापार ठप्पप्रायः हुँदा अर्को व्यवसाय गर्ने भनि लिएको रकम घरजग्गामा लगानी गरेका कारण पुँजी अभावले व्यवसाय चल्नै नसक्ने अवस्थमा पुगेको तितो यथार्थ छ। ‘समय वलवान हो र समयले सबै कुरा सिकाउँछ’ भनेझैं समयले सिकाएको कुरालाई मनन र आत्मसात गर्दै गरिसकेको गल्तिको ठुलो मूल्य नचुकाउने गरी सम्पूर्ण ऋणी अनि व्यापारी बर्गको भलो हुनेगरी अर्थतन्त्र चलायमान बनाउन र डुब्न लागेको डुंगाबाट सबैको उद्दार गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र सरोकारवा निकायहरुलाई एक पटक अवसर मिलेको छ।
भर्खरै मात्र लगानी सम्मेलन सफलता पुर्वक सकिएको छ। सम्मेलनको दौरान बिदेशी लगानीकताहरुमाझ नेपाल लगानीका लागि उत्कृष्ट स्थान भन्ने संदेश प्रवाहित भएको छ। तर, मुलुककै व्यबसायीहरुले भोगेको समस्या र पिडाहरुको उचित सम्बोधन नगरी लगानी सम्मेलनको दिर्घकालिन उद्देश्य कसरी पुरा होला र खोइ? सरकारले एकपटक निर्माण व्यबसायीहरुले सम्पन्न गरिसकेको काम र प्रगतिको आधारमा भुक्तानी फस्र्याैट गर्ने काम यथासक्य छिटो गर्न सके मात्र पनि बजारमा अलिकति आशाका किरण पलाउने बिश्वास गर्न सकिन्थ्यो। बिगत १० बर्षको विकास खर्चको ‘ट्रेण्ड’ हेर्दा करिब ४० प्रतिशत विकास खर्च आर्थिक बर्षको अन्तिम त्रैमासमा हुने गरेको छ र यो बर्षपनि त्यहि क्रम पुनरावृत्ति हुने लगभग निश्चित छ।
विकास खर्चको तालिका बनाई पहिलो त्रैमासिक अवधिमा न्यूनतम १० प्रतिशत र त्यसपछिका हरेक १० प्रतिशत विन्दुका दरले पुँजीगत खर्च गर्ने प्रबन्ध मिलाउन भन्दै अर्थ मन्त्रालयले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्वन्धी मापदण्ड, २०७८’ जारी गरे पनि त्यो मापदण्डमै सिमित भयो। आशा छ, राष्ट्र बैंक र सरकारले अर्थतन्त्रका सुक्ष्म परिसूचकहरु थप बिग्रिन नपाउँंदै बेलैमा बर्तमान अवस्थाको उपयुक्त सम्बोधन गर्ने उत्तरदायित्व बहन गरी बजारको आत्मविश्वास बढाउने र अर्थतन्त्र चलायमान बनाउन अबिलम्ब काम गर्नेछन्।