काठमाडौं। युरोपमा फोक्सवागन विद्युतीय गाडीको अर्डर बढेको छ। एक वर्षअघिको तुलनामा २०२४ को पहिलो त्रैमासिकमा युरोपमा विद्युतीय सवारीका लागि फोक्सवागनको अर्डर बढेको हो। सवारी चालकहरुको इभीमा चासो बढेको छ भन्ने कुराको पुष्टि फोक्सवागनमा आएको अर्डरले गरेको छ।
फोक्सवागनले मंगलबार सार्वजनिक गरेको आय विवरणका अनुसार युरोपमा विद्युतीय कारका लागि नयाँ अर्डर दोब्बरले बढेको छ। फोक्सवागनले अन्य बजारहरूको लागि अर्डर नम्बरहरू जारी नगर्ने जनाएको छ। युरोपको सबैभन्दा ठूलो कार निर्माताको अर्डरमा बढेसँगै यस क्षेत्रमा इभी बिक्री सुस्त हुने चिन्ताको बीचमा आएको छ। इभी निर्माता बढ्दो प्रतिस्पर्धाले निचोडमा परेको मुनाफाको मार्जिनसँग लडिरहेका छन्।
फोक्सवागनका मुख्य वित्तीय अधिकारी अर्नो एन्टलिजले भविष्य विद्युतीय सवारीसाधनको हुने र त्यसैमा विश्वास रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग बताएका छन्। यद्यपि, जर्मन कार निर्माताले अनुमान गरेभन्दा युरोप र अमेरिकामा विद्युतीय सवारीसाधनको प्रयोग सुस्त रहेको भने उनले स्वीकारे। उनले आगामी वर्षमा विद्युतीय सवारीसाधन प्रयोग वृद्धि भएर जाने उल्लेख गरेका छन्।
२०२४ को पहिलो त्रैमासिकमा २०२३ को तुलनामा युरोपमा डेलिभरी हुने फोक्सवागन इभी १६ प्रतिशतले घटेको जनाइएको छ। ‘युरोपमा सबै विद्युतीय गाडीको डेलिभरीमा समस्या आएको थियो, ‘कम्पनीका प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनलाई भनेका छन्, ‘गाडी आपूर्ति र ग्राहकलाई दिने डेलिभरीबीचको समयमा ठुलो अन्तर आएको छ जसले गाडी डेलिभरीमा असर पुर्यायो।’
यसैबीच चीनमा फोक्सवागनको सबैभन्दा ठूलो बजार इभी डेलिभरी झन्डै दोब्बर भएर ४१,०३३ युनिटमा पुगेको छ।
जर्मन उत्पादन इभी कम्पनीले चिनियाँ कार बजारमा आफ्नो हिस्सा जोगाउन संघर्ष गरिरहेका छन्। विश्वको सबैभन्दा ठूलो इभी उत्पादक टेस्ला र बिवाइडीजस्ता स्थानीय इभी उत्पादक पछि परेका छन्।
फोक्सवागनले ब्याट्री र सामग्री लागतलाई उल्लेखनीय रूपमा घटाउने आफ्नो योजनाले सन् २०२६ सम्ममा चिनियाँ प्रतिद्वन्द्वीसँग लागत–प्रतिस्पर्धी हुन सक्षम हुने बताएको छ। त्यसले चीनमा इभीको मूल्य घटाउन सकिनेछ, जहाँ कडा प्रतिस्पर्धाले तीव्र मूल्य घटाउनेछ।
कार उत्पादकले आगामी तीन वर्षमा चीनमा चारवटा नयाँ मोडल लन्च गर्ने योजना बनाएका छन्। यसमध्ये दुईवटा इलेक्ट्रिक हुनेछन्। फोक्सवागनले दशक अन्त्यसम्म चीनमा आफ्नो बजार हिस्सा लगभग १५ प्रतिशत रहने लक्ष्य राखेको छ। फोक्सवागनले प्रस्तुत गरेको विवरणअनुसार पहिलो त्रैमासिकमा कम्पनीको नाफा २० प्रतिशत घटेर ४.६ बिलियन युरोमा पुगेको छ।