लेम्बोर्गिनी नाम सुन्नेबित्तिकै विश्वको स्टाइलिस स्पोर्ट्स कारको तस्बिर दिमागमा आउँछ। लेम्बोर्गिनी विश्वको सबैभन्दा प्रसिद्धमध्येको एक कार हो। यो संसारभर द्रुत गतिको सुपर कारको रुपमा परिचित छ।
यो कम्पनी कसरी अस्तित्वमा आयो र यति ठूलो ब्रान्ड कसरी भयो भन्ने विषय निकै रोचक छ। लेम्बोर्गिनी ब्रान्ड स्थापनाका लागि एक इन्जिनियरले देखाएको लगाव झनै चाखलाग्दो छ।
लेम्बोर्गिनी एक चर्चित इटालियन लक्जरी स्पोर्ट्स गाडी र एसयूभीहरूको निर्माता कम्पनी हो। लेम्बोर्गिनी कम्पनीले सुरुवाती चरणदेखि नै गाडी उत्पादनमा नयाँ प्रविधि र उच्च गुणस्तरलाई प्राथमिकता दिँदै आएको छ।
यो कम्पनीको स्थापना फारुसियो लेम्बोर्गिनीले गरेका थिए। फारुसियो इटालीका एक सफल कृषक थिए। उनी कृषिसँगै ट्रयाक्टर बनाउने व्यवसाय गर्दथे। उनलाई मेकानिकल इन्जिनियरिङप्रति निकै रुचि थियो।
लेम्बोर्गिनीले एकपटक फरारीबाट ट्रयाक्टर किनेका थिए। ट्रयाक्टरको गुणस्तरप्रति असन्तुष्ट भएपछि उनले फरारी निर्माता एन्जो फरारीको आलोचना गरे। फरारीसँगको विवादपछि लेम्बोर्गिनीले सुपर–कार बनाउने निर्णय गरे र १९६३ मा लेम्बोर्गिनी कम्पनीको स्थापना गरे। लेम्बोर्गीनीले कम्पनीको नाम आफ्नै नामबाट राखेर उनले यो यात्राको सुरुआत गरे।
लेम्बोर्गिनीको पहिलो मोडल ३५० जीटी सन् १९६४ मा बजारमा आयो। यो कार विश्वकै सर्वाधिक उच्च गतिको सडक सवारीसाधन थियो। त्यसपछि लेम्बोर्गिनीले मिउरा, काउन्टाच, ड्याब्लोजस्ता प्रसिद्ध मोडल निर्माण गरे। सन् १९६६ लेम्बोर्गिनीले मिउरा सार्वजनिक गर्यो। उच्च गति र शक्तिशाली भएको उक्त गाडी रेसिङमा प्रयोग गरिन्थ्यो। लेम्बोर्गिनीले रेस कारका लागि मिउरालाई नमुनाको रुपमा बनाएका थिए।
लेम्बोर्गिनी कम्पनीले सुरुवाती चरणदेखि नै गाडी उत्पादनमा नयाँ प्रविधि र उच्च गुणस्तरलाई प्राथमिकता दिँदै आएको छ। यो कम्पनीको स्थापना फारुसियो लेम्बोर्गिनीले गरेका थिए। फारुसियो इटालीका सफल कृषक थिए। उनी कृषिसँगै ट्रयाक्टर बनाउने व्यवसाय गर्दथे।
यसले सन् १९६७ मा आइस्ल्यान्ड मैन रेसमा सफलता हासिल गर्यो र लेम्बोर्गिनी सुपरकारको प्रशंसा बढ्न थाल्यो। त्यसपछि लेम्बोर्गिनीले थप लगानी गरेर धेरै नयाँ मोडल निर्माण गर्न खोजेपछि १९७० दशकमा उनको कम्पनी वित्तीय समस्यामा फस्यो र बन्द हुने अवस्थामा पुग्यो। तर, स्वीस कम्पनी रेनाल्ट र भेन्चर क्यापिटालिस्टले लेम्बोर्गिनीलाई सहयोग गरे। त्यसपछि नयाँ मोडलका कार उत्पादन गर्न सफल भयो।
समयक्रममा मध्यम आकारको सुपरकार काउन्टाच मोडल सन् १९७४ मा सार्वजनिक भयो। त्यसपछि लेम्बोर्गिनीको सबैभन्दा बढी बिक्री हुने सुपर–कार सिल्भरैडो मोडल १९७६ मा बजारमा प्रस्तुत गर्यो।
यसले लेम्बोर्गिनीको आर्थिक लाभमा सहयोग पुरायो। उक्त कार रेसिङ र सडक दुवैमा प्रयोग गर्न सकिने किसिमको थियो। सन् १९७८ मा फारुसियो लेम्बोर्गिनीको निधन भयो। लेम्बोर्गिनी कम्पनीमा नेतृत्व अभाव भयो। त्यसपछि कम्पनीले ठूलो वित्तीय संकट झेल्नुपर्यो।
सन् १९८७ मा अमेरिकी क्रायस्लर कर्पोरेसनले लेम्बोर्गिनीलाई किनेर बचायो। तर, १९९३ मा क्रायस्लरले लेम्बोर्गिनीलाई बिक्री ग¥यो। सन् १९९८ मा जर्मन आउडी कम्पनीले लेम्बोर्गिनीलाई किन्यो र त्यसपछि यसको वित्तीय अवस्था सुदृढ बन्न थाल्यो। यसरी लेम्बोर्गिनी कम्पनीको स्वामित्व बारम्बार परिवर्तन हुन पुग्यो।
लेम्बोर्गिनीको वर्तमान अवस्था
हाल आउडी स्वामित्वको लेम्बोर्गिनीले अटो बजारमा विशिष्ट पहिचान बनाएको छ। लेम्बोर्गिनी विश्वकै सर्वाधिक प्रतिष्ठित कार ब्रान्डमध्येको एक हो। लेम्बोर्गिनीले वार्षिक लगभग ८,००० सवारी साधन बिक्री गर्दै आएको छ। लेम्बोर्गिनी कम्पनीले १००० जना मानिसलाई रोजगारी दिएको छ। यसका गाडी उच्च गुणस्तरीय र महँगा भएकाले धनीमानी ग्राहक लक्षित छन्।
लेम्बोर्गिनीले २०२४ देखि भी–१२ हाइब्रिड गाडी उत्पादन गर्दै छ। हाल हुराकान, अभेन्टाडोर र उरस जस्ता नयाँ मोडलका गाडी बजारमा ल्याइसकेको छ। यी मोडल ग्राहकले रुचाएको गाडीमध्येमा पर्छ। लेम्बोर्गिनी दमदार डिजाइन, शक्तिशाली इन्जिन र उत्कृष्ट प्रदर्शनले सबैको मनमा बसेको छ। लेम्बोर्गिनी गाडी विभिन्न भेरियन्टमा उपलब्ध छ। लेम्बोर्गिनी गाडी किन्ने धेरै मानिसको सपना हुन्छ।
लेम्बोर्गिन एभेन्टाडोर
लेम्बोर्गिनीको एभेन्टाडोर गाडीमा ६.५ लिटरको भी–१२ इन्जिन छ। पेट्रोल इन्जिन ६४९८ सिसी क्षमताको छ। यो स्वचालित ट्रान्समिसनसहित उपलब्ध छ। भेरियन्ट र इन्जिनका आधारमा एभेन्टाडोरले प्रतिलिटर ७.६९ किलोमिटर माइलेज दिन्छ। यसमा भएको शक्तिशाली इन्जिनले एभेन्टाडोरलाई ० देखि १०० किलोमिटरसम्म मात्रै २.८ सेकेन्डको स्पिडमा कुदाउन मिल्छ। यसको टप स्पिड ३५० किलोमिटर छ। यसको ग्राउन्ड क्लियरेन्स १२५ एमएम छ। एभेन्टाडोर दुईसिटे क्षमताको कार हो।
लेम्बोर्गिन हुराकन
लेम्बोर्गिन हुराकन दुईसिटे क्षमतामा उपलब्ध रहेको छ। लेम्बरर्गिन हुराकनमा ५.२ लिटरको इन्जिन रहेको छ। यसले ६०२ हर्षपावर दिने कम्पनीले जनाएको छ। शक्तिशाली इन्जिनले हुराकानलाई ० देखि १०० किलोमिटरसम्म केबल २.९ सेकेण्डको स्प्रिडमा कुदाउने अनुमति दिन्छ। यसको टप स्पिड गति ३२५ किलोमिटर छ।
लेम्बोर्गिन उरस
लेम्बोर्गिन उरस ४.० लिटरको ट्वीन टर्बो प्रिमियम कार हो। यसले ६४१ हर्षपावर दिने कम्पनीले जनाएको छ। यसको शक्तिशाली इन्जिनले उरसलाई ० देखि १०० किलोमिटरसम्म केबल ३.९ सेकेन्डको स्पिडमा कुदाउने अनुमति दिन्छ। यसको टप स्पिड ३०५ किलोमिटर छ। ८ प्रकारको इन्जिन उपलब्ध यो गाडीको अधिकतम शक्ति ६५० बीएचपीदेखि ६००० आरपिएमसम्म छ। यसको अधिकतम गति १९० एमपीएच छ।