काठमाडौं। राजधानी काठमाडौंबाट विद्यार्थी लिएर मुस्ताङ भ्रमणमा गएको बस दुर्घटनामा परेको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको घुम्तीमा प्रदेश ३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनाग्रस्त हुँदा २१ विद्यार्थी घाइते भएका हुन्।
अनामनगरमा रहेको लिबर्टी कलेजका ३३ विद्यार्थी सोही गाडीमा मुस्ताङ भ्रमणका लागि गएका थिए। बसमा सवार २१ विद्यार्थी सामान्य घाइते भएको र उनीहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ।
घाइते हुनेमा सिराहा लहान–१२ का आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी–३ का अनुज न्यौपाने, सिराहा गोलबजारकी ज्योतिकुमारी साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली, कीर्तिपुर–८ बस्ने प्रतीक्षा खड्का रहेका छन्।
यस्तै, ओखलढुंगा घर भई भक्तपुर चाँगुनारायण बस्ने बिन्दा दाहाल, काठमाडौं–९ एयरपोर्ट बस्ने अनामिका थापा, कैलाली गोदावरी–१० का ध्रुवराज जोशी, भोजपुर–९ का पेशल बस्नेत, महोत्तरी जलेश्वर–१ की रम्मा कुमारी, पाँचथर कुम्भायोग–१ का आदेश लावती गाडी दुर्घटनामा परेर घाइते छन्।
सुनसरी हरहरि–८ का निशान रसाइली, बटेश्वर–२ का सुरजकुमार परियार, बर्दिया मधुवन–६ का सुवास नेपाल, काभ्रे तेमाल–६ का सौगात त्रिपाठी, सर्लाही कौदेना–१ का राहुल साह, काठमाडौंका साईरस तामाङ, सूर्यविनायककी अनामितका सुवार, जनकपुर–११ का दीपककुमार निधि, हरिवन–४ का निरञ्जन साह र डोटीको शिखर–८ का रोहित बलायर घाइते भएको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले बताए।