दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने विश्वकै ठूलोमध्येको एउटा ब्रान्ड हो, युनिलिभर। युनिलिभरको नेपाल शाखा युनिलिभर नेपाल लिमिटेडले विदेशी लगानीका कम्पनीले भोगिरहेका अनेकौं चुनौतीका बाबजुद नेपाली अर्थतन्त्रको परिदृश्यमा आफूलाई महत्त्वपूर्ण व्यवसायको रुपमा स्थापित गराउन सफल भएको छ। उपभोक्ता, सहयोगी तथा सम्बन्धित निकायको सहयोगमा हरेक वर्ष १० मध्ये ८ नेपाली घरपरिवारसम्म पुग्न सफल युनिलिभर नेपाल सञ्चालनको तीन दशकमै दिगो वृद्धि तथा नाफाको पथतर्फ आफैंलाई डो¥याउन सक्षम बनेको छ।
मूल कम्पनीबाट हासिल उत्कृष्ट बजारीकरणसम्बन्धी ज्ञान, सर्वोत्कृष्ट प्रविधि परिचालन र आवश्यक प्रभावकारी जनशक्ति विकासलगायतले युनिलिभर नेपाल अहिलेको उपलब्धि हासिल गर्ने अवस्थामा पुगेको हो। ‘नेपालका लागि जे उपयुक्त छ, युनिलिभर नेपालका निम्ति पनि त्यहीँ नै उपयुक्त छ,’ भन्ने विश्वास युनिलिभरको रहँदै आएको छ।
नेपालका लागि जिम्मेवार कर्पोरेट समूह युनिलिभर नेपाल आफूले उत्पादन गर्नेभन्दा धेरै प्लास्टिकको ‘रि–साइक्लिङ’, हिमालको सरसफाइ र आफ्नो उत्पादनमा हरित ऊर्जा (इलेक्ट्रिक बोइलर, सौर्य ऊर्जा)लगायत प्रयोगमार्फत अनुकरणीय भूमिका वहन गरिरहेको छ। कम्पनीले लगातार आफ्ना सेयरधनीलाई वर्षैैपिच्छे लाभांश दिइरहको छ र त्यो बढ्दो क्रममा छ।
तथापि, नेपालजस्तो गतिशील बजारमा सञ्चालित अन्य बहुराष्ट्रिय कम्पनीले झैं युनिलिभर नेपालले पनि बजारमा सिर्जित नयाँ अवसरको लाभ उठाइरहँदा विविध प्रकारका चुनौती सामना पनि गरिरहेको छ। यस्ता चुनौतीलाई सम्बोधन गर्दै थप विदेशी लगानी आकर्षित गराउन युनिलिभर नेपालले नियमनजन्य सुधारका लागि निजी र सरकारी क्षेत्रसँग हातेमालो गरिरहेको छ।
केही निश्चित वर्गका कच्चा पदार्थ आयातमा लगाइएको भन्सार दर, तयारी वस्तु आयातमा लाग्ने करकै बराबरी वा सोभन्दा उच्च रहेको छ। यस्तो कर संरचनाले नेपालमै थप वस्तुको उत्पादनमा अवरोध सिर्जना गरेको छ। करारमा आधारित उत्पादन (कन्ट्रयाक्ट मेनुफ्याक्चरिङ) एक विश्वव्यापी अभ्यास हो, जसले भारत, बंगलादेश, श्रीलंकालगायत देशहरूको औद्योगिकीकरणमा अहं भूमिका वहन गरेको छ। यस्तो उत्पादन अभ्यासले विशेषज्ञता भित्र्याई तथा कम्पनीलाई उत्पादन प्रक्रियामा आफ्नो विज्ञता र प्रविधिको थप उपयोग गर्न सघाएर राष्ट्रका लागि अधिक आर्थिक लाभको ढोका खोल्दछ।
अन्तर्राष्ट्रिय मापदण्डलाई विचार गर्ने हो भने प्रचलित कानुनले हालको अवस्थामा अन्तर्राष्ट्रिय ब्रान्डको ट्रेडमार्कलाई संरक्षण गर्न सक्दैन। विश्वव्यापी व्यापार बढेसँगै ट्रेडमार्क उल्लंघनमा भएको वृद्धिले निकै अप्ठेरो अवस्था ल्याएको छ। तसर्थ, हालको टे«डमार्क ऐन परिमार्जनले अन्य धेरै विदेशी ब्रान्डलाई नेपालमा आकर्षित गर्न सकिन्छ।
त्यसैगरी करारमा आधारित उत्पादनले नयाँ रोजगारी सिर्जना गरी सरकारी ढुकुटीमा थप राजस्व संकलनलाई पनि सघाउँछ। करारमा आधारित उत्पादनसम्बन्धी कानुनलाई परिमार्जन गर्न सकेको खण्डमा नेपालको उत्पादनमुलक क्षेत्र थप फस्टाउने निश्चित छ।
युनिलिभर नेपालजस्ता अन्य बहुराष्ट्रिय कम्पनीले नेपालमा भोगेको सबैभन्दा ठूलो चुनौती भनेको उनीहरूको विश्वस्तरमा चर्चित ब्रान्डको नक्कल वा मिल्दोजुल्दो उत्पादन हो। यसले बहुराष्ट्रिय कम्पनीहरूलाई मात्र असर नगरी सरकारको राजस्व संकलनलाई समेत प्रभावित गराउँछ। सबैभन्दा महत्त्वपूर्ण असली वस्तुका लागि तिरेको मूल्यमा नक्कली सामान हात पर्दा नेपाली उपभोक्ताको विश्वास मर्ने सम्भावना रहन्छ।
अन्तर्राष्ट्रिय मापदण्डलाई विचार गर्ने हो भने प्रचलित कानुनले हालको अवस्थामा अन्तर्राष्ट्रिय ब्रान्डको ट्रेडमार्कलाई संरक्षण गर्न सक्दैन। विश्वव्यापी व्यापार बढेसँगै ट्रेडमार्क उल्लंघनमा भएको वृद्धिले निकै अप्ठेरो अवस्था ल्याएको छ। तसर्थ, हालको टे«डमार्क ऐन परिमार्जनले अन्य धेरै विदेशी ब्रान्डलाई नेपालमा आकर्षित गर्न सकिन्छ।
वर्तमान समयमा युनिलिभर नेपालको यात्रा चुनौती र अवसरको कमलो सन्तुलनबाट गुज्रिइरहेको छ। अर्थतन्त्रमा देखिएको अनिश्चितता तथा नियमनजन्य जटिलताका बाबजुद पनि उपभोक्ता केन्द्रित रणनीति, पारदर्शिता र दिगोपनाप्रतिको हाम्रो प्रतिबद्धतामा कुनै आँच आउन दिएका छैनाैं। विद्युतीय नवप्रवर्तन, कानुनी सुधारका लागि पैरवी र नैतिक व्यावसायिक अभ्यासलगायत अवलम्बनसहित नेपाली बजारमा फस्टाइरहेको युनिलिभर नेपालले आफ्नो दिगो वृद्धि र निरन्तर सफलताको ‘बीज’ रोपिसकेको छ।
(क्यापिटल म्यागजिनकाे वैशाख अंकबाट)