काठमाडौंं । पछिल्लो समय नेपाली बजारमा सुनको मुल्य निरन्तररुपमा बढ्दै गएको छ । सामान्यतया बिबाहको लगन र चाडपर्वमा बढ्ने सुनको मुल्य यो पटक भने लगन र चाडपर्व नपर्ने पुष महिनामा पनि बढ्न लागेको छ ।
मंसिर महिनाभरी घटबढ भइरहेको सुनको मुल्य पछिल्लो तीन दिनदेखि उकालो लागेर बुधबार एकै पटक ८ सय रुपैयाँले बृद्धि भएर ७२ हजार ८ सय पुगेको छ । पुष महिनामा मात्र प्रति तोला १३ सय रुपैयाँ बढेको सुन चाँदी ब्यवसायी संघले जनाएको छ । सुनको मुल्यको बृद्धिको प्रकृती हेर्दा ६ महिना अघिको हालसम्मकै सबैभन्दा बढी तोलाको ७३ हजार ५ सयको बिन्दुमा पुग्ने ब्यवसायीहरुको अनुमान छ ।
भदौ ९ गते नेपालको इतिहासमै सबैभन्दा बढी छापावाला सुन तोलाको ७३ हजार ५ सयमा कारोबार भएको थियो । त्यसपछि केहि ओरालो लागे जस्तो गरेर पुनः भदौ १८ गते सोहि उच्च बिन्दुमा सुनको मुल्य पुगेको थियो । अमेरिका चीन ब्यापार युद्ध तथा क्रिसमसका कारण तीन दिन अन्तराष्ट्रिय बजार बन्द हुने भएकोले बजारमा सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको नेपाल सुन चाँदी ब्यवासायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।
गत आवको अन्तिम महिना ६५ हजार ५ सय कायम रहेको सुनको मूल्य चालु आवको शुरुवात देखि नै केहि बढ्न लागेको देखिन्छ । महिलाहरुको महान पर्व तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्छ । सोहि कारण साउनमा सुनको मुल्य बढेर ७१ हजार ५ सयसम्म पुग्यो । साउनमा बढेको सुनको मुल्यले भदौको शुरुवात देखि झन उकालो लाग्न थाल्यो ।
नेपालको इतिहासमै हालसम्मको सबैभन्दा बढी सुन ७३ हजार ५ सयमा भदौ ९ र १८ गते कारोबार भयो । त्यसपछि केहि ओरालो लागेजस्तो भएर भदौ २९ गते सुन ७० हजार २ सयमा कारोबार भयो । चालु आव शुरु भएयता सबैभन्दा महंगो मूल्यमा भदौमा कारोबार भएको सुन सबैभन्दा सस्तो भने कात्तिक २२ गते ६९ हजार ९ सय पुगेको देखिन्छ । पाँच महिनामा प्रतितोला सुन ८ हजार ३ सय बृद्धी भएको छ ।
नेपाली बजारमा चार्डपर्वको सुन माग बढ्ने भएपनि यो बर्ष मूल्य बढ्दा सुनको खपत कम भएको ब्यवसायीहरु बताउछन् । बिगतका बर्षहरमा तिजको बेलामा दैनिक ५० देखि ६० केजी सुन खपत हुने गरेपनि यो बर्ष दिनको १० केजी भन्दा कम कारोबार भएको सुनचाँदी व्यवसायीले बताउदै आएका छन् । अझै बढ्ने सम्भावना अमेरिका र चीनको व्यापारीक युद्धले सुनको मुल्य निरन्तर बढ्दै गएको सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
दुई देशबिच वार्ता नभएकाले पनि सुनको मूल्य अन्र्तराष्ट्रिय बजार अनुसार नेपालमा पनि बढेको उनको भनाई छ । दुई देशको व्यापारीक युद्ध तथा डिसेम्बर २७ देखि तीन दिन अन्र्तराष्ट्रिय बजार बन्द हुने भएकाले सुनको मुल्य अझै बढ्न सक्ने देखिन्छ । उनले भने ‘क्रिसमसको लागी तीन दिन अन्र्तराष्ट्रिय बजार बन्द हुने तथा अन्र्तराष्ट्रिय मुद«ा पनि बढेकाले सुनको मुल्य बढेको छ, यसले सुनको मुल्य अझ बढ्ने संकेत देखिन्छ ।’
अन्र्तराष्ट्रिय बजारमा नै सुनको मुल्य बढ्दै गएकाले नेपाली बजार पनि यसको प्रभाव पर्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ४९८.१३ अमेरिकी डलर अर्थात ११ सय डलर बढेको छ । अमेरिकी डलरको मूल्य बढेसँगै सूनको मूल्य पनि वृद्धि हुन सघाउ पुगेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।
नेपालमा सुनको मुल्य निर्धारण अन्र्तराष्ट्रिय बजारकै आधारमा गर्ने गरिन्छ । ७५ प्रतिशत अन्र्तराष्ट्रिय बजार र २५ प्रतिशत भारतिय बजारलाई आधार मानेर नेपालमा मुल्य निर्धारण गरिन्छ ।