नेपालमा चुरोट, चकलेट र बिस्कुटजस्ता विविध खाले ‘फास्ट मुभिङ कन्जुमर गुड्स’उत्पादन तथा बिक्री वितरणमा संलग्न सूर्य नेपाल प्रालि बहुराष्ट्रिय कम्पनी हो। नेपाल, भारत र बेलायतको लगानी साझेदारीमा स्थापित कम्पनीले १९८६ बाट नेपालमा आफ्नो उत्पादन थालेको थियो । सूर्य नेपाल फास्ट मुभिङ कन्जुमर गुड्स, होटल, पेपरबोर्ड र प्याकेजिङ, कृषि व्यवसाय र सूचना प्रविधिजस्ता क्षेत्रमा कार्यरत आईसिटी इन्डियाको सहायक कम्पनी हो।
नेपालमा सफलतापूर्वक व्यवसाय निर्माण र सञ्चालन गर्न सक्ने अद्भुत क्षमता प्रदर्शन गरी आफ्ना सेयरधनीलाई उचित मूल्य प्रदान गर्न सफल सूर्य नेपाल विदेशी लगानीमा सञ्चालित नेपाली कम्पनीको उत्कृष्ट उदाहरणका रुपमा स्थापित भएको छ। यसले नेपालको उत्पादनमूलक क्षेत्रको कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान गरिरहेको छ । नेपालको तेस्रो ठूलो करदाताको रुपमा रहेको सूर्य नेपालले कुल राजस्वमा ३ प्रतिशत र कुल अन्तःशुल्कमा १२ प्रतिशतको वार्षिक योगदान दिँदै आएको छ। नेपालमा अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्र स्थापना गरी उत्पादनमा गुणस्तरीय मापदण्डको अभ्यासलाई अंगीकार गरेको कम्पनीले वातावरण, स्वास्थ्य र सुरक्षाका पहललाई स्थापित गरेको छ।
वास्तवमा सूर्य नेपालको तनहुँस्थित उत्पादन केन्द्रलाई नेपालकै पहिलोमध्येको एक हरित उत्पादन संरचनाको उपाधि मिलेको छ। यस कम्पनीले हालसम्म कैयाैं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र प्रमाणपत्र हासिल गरिसकेको छ। उपभोक्तालाई ‘नेपालमा उत्पादित’ विश्वस्तरीय वस्तुद्वारा सन्तुष्ट तुल्याउन प्रयत्नरत सूर्य नेपालले विश्वस्तरीय मापदण्ड हासिल गर्ने बहुव्यावसायिक संस्थान बन्ने दीर्घकालीन सोचसहित सञ्चालनलाई अगाडि बढाइरहको छ ।
प्रविधि र व्यवस्थापन प्रणालीमा लगानीद्वारा कम्पनीले देशको उत्पादनमूलक प्रतिस्पर्धात्मक क्षमता एवं औद्योगिक उत्पादकत्वमा योगदान पु¥याइरहेको छ। विश्वस्तरीय प्रविधि, अन्तर्राष्ट्रिय स्तरमा कायम मापदण्डअनुरुपका प्रक्रिया, उच्च सीपयुक्त मानव संसाधन र नवप्रवर्तन तथा गुणस्तरीय मापदण्डको कठोर अनुपालनमार्फतको उत्पादन क्षमता दिगो प्रतिस्पर्धात्मक लाभ हासिल गर्ने मूल वाहक हुन्।
पछिल्लो समय खाद्य उत्पादन र आतिथ्यसहित अन्य विभिन्न क्षेत्रमा कम्पनीले व्यापार विविधीकरणको योजनालाई अगाडि ल्याएको छ। अन्तर्राष्ट्रिय आईसिटी होटल समूहसँगको सहकार्यमा सूर्य नेपालले काठमाडांैमा पाँचतारे होटल निर्माणलाई कार्यान्वयनमा ल्याइसकेको छ । खाद्य उत्पादन क्षेत्रमा कम्पनीले बिस्कुट एवं कन्फेक्सनरी उत्पादन, बिक्री तथा वितरणमा आबद्ध भइसकेको छ। ‘सनफेस्ट डार्क फेन्टासी चोकोफिल्स्’, ‘टोफिचो’ र ‘मिन्ट–ओ’लगायतको ब्रान्ड नाममा यी उत्पादनको बजारीकरण गरिएको छ।
आफ्ना सेयरधनीलाई दीर्घकालसम्म मूल्य सिर्जना गराउने उद्देश्य हासिलमा देखाएको अटल प्रतिबद्धतामार्फत सूर्य नेपालले आफूलाई देशकै सबैभन्दा सम्मानित र जिम्मेवार कर्पोरेसनको हैसियतमा उभ्याएको छ। कम्पनीले आफ्ना कर्मचारीलाई उच्च स्तरको रोजगारी वातावरण सिर्जना गराउने उद्देश्यलाई उच्च महत्त्व दिँदै तिनलाई प्रतिस्पर्धात्मक सुविधा, पारिश्रमिक तथा कर्मचारी आवाससहितको लाभ प्रदान गरेको छ, जुन समग्र उद्योगमै नेतृत्वदायी कार्य हुन्।
पछिल्लो चार दशकयता कम्पनीले विशेषगरी श्रम, वित्त र औद्योगिक प्रावधानजस्ता विषयमा कानुनी अनुपालना प्रतिबद्धतालाई प्रदर्शित गरिरहेको छ। हाम्रो उत्पादनका इकाइलाई उच्च तहको अनुपालनाका लागि उत्कृष्ट व्यवसायको मान्यता हासिल भएको छ। विविध व्यापार र व्यवसायमार्फत कम्पनीले कृषि, कृषि क्षेत्रका मजदुर, खुद्रा पसले र व्यवसायका विभिन्न मूल्यचक्रमा संलग्न गरी करिब पाँच लाख बढीको जीविकोपार्जनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गरिरहेको छ।
सूर्य नेपालले आफ्नो मूल्यचक्रमा कर्मचारी तथा सेयरधनीलाई मात्र योगदान नगरी सामाजिक व्यावसायिक उत्तरदायित्वअन्तर्गत समुदायको हितमा पनि लगानी गरिरहेको छ। राष्ट्रको सामाजिक तथा आर्थिक पुँजी निर्माणमा सघाउन कम्पनीले तल उल्लिखित मञ्चद्वारा विभिन्न पहललाई अगाडि बढाएको छ ।
सूर्य नेपाल आशा : समुदायहरूको उज्ज्वल भविष्यका लागि जीविकोपार्जनको सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यक्रम।
सूर्य नेपाल प्रकृति : वातावरणीय संरक्षणमा कार्यक्रमहरू।
सूर्य नेपाल आधारशिला : स्थानीय पूर्वाधार विकासमा कार्यक्रम।
सूर्य नेपाल गाथा : नेपाली कला, साहित्य, संस्कृति र ऐतिहासिक धरोहर प्रवद्र्धनमा कार्यक्रमहरू।
नेपाली बजारको अवसर र सम्भावनामाथि सूर्य नेपालको विश्वास अटल रहिआएको छ र भविष्यको लाभलाई हासिल गर्दै सेयरधनीलाई दीर्घकालीन मुनाफा दिनेतर्फ पूर्ण कटिबद्ध छ। हामीले सूचना प्रविधि, आतिथ्य, खाद्य प्रशोधन र उत्पादनजस्ता क्षेत्रमा अधिक सम्भावना देखेका छांै। प्रविधि हस्तान्तरण, कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ, बौद्धिक सम्पत्तिसम्बन्धी विद्यमान कानुन, जग्गा अधिग्रहणलगायतलाई सहजीकरण गर्ने नीतिगत प्रावधान, नियमन र प्रशासनिक अभ्यासले देशलाई प्रतिस्पर्धात्मक लाभ दिलाउने दिशामा दीर्घकालीन भूमिका खेल्छ। देशमा लगानीकर्ताको मनोबललाई थप ऊर्जा दिन नीतिगत स्थायित्व र प्रक्षेपण पनि उत्तिकै महत्वपूर्ण रहन्छन्।