अमेरिका (सिकागो)। नियोजित रुपमा जीर्ण अवस्थामा पुर्याइएको टाइगर प्यालेस होटलमा लगानी गरेर बुद्धिसागर सुवेदीले जेजति दुख भोगे, त्यो उनको जीवनकालकै पहिलो हो। लथालिङ प्रपर्टीलाई सम्हालेर व्यावसायिक गतिविधि बढाउने र नेपाललाई विदेशी लगानीकर्ताको ब्ल्याकलिस्ट (कालोसूची)मा पर्नबाट जोगाउने उद्देश्यका साथ टाइगर प्यालेसमा अर्बौ रुपैयाँ लगानी गरेका थिए। चितवन वरिपरी हायात प्यालेस खोल्ने सोच थियो। अमेरिकाका विभिन्न राज्यमा चेन होटल सञ्चालन गरिरहेका सुवेदी हायात होटल खोल्ने र त्यसका लागि जग्गा जोहोतर्फ लागेका थिए। त्यही बेला भैरहवामा अर्बौ लगानी भइसकेको र अथाह सम्भावना बोकेको प्रपर्टी वर्षौदेखि अलपत्र अवस्था छ, त्यही प्रपर्टीको स्वामित्व लिएर चलाउन प्रस्ताव आएपछि नयाँ होटल खोल्ने उनको सोचमा ब्रेक मात्रै लागेन त्यही प्रपर्टीतर्फ सोझिए।
विदेशी लगानीमा खुलेको र पाँचतारे होटलको क्याटेगोरीमा सबैभन्दा अब्बल ठहरिने प्रोपर्टीमाथि प्रचुर सम्भावना देखेपछि सुवेदी टाइगर प्यालेसका लगानीकर्तासमक्ष पुगे। सामान्य उल्झनमा फसेको र सीमित व्यक्तिले फैल्याएको अफवाहलाई सहजै चिर्न सकिने आँटपछि उनी टाइगर प्यालेस खरिद गर्न विदेशी लगानीकर्तासँग राजी भए। अमेरिकामा रहेका उनका दौतरी, साझेदारदेखि घरपरिवार तथा आफन्तले समेत नेपालमा लगानी नगर्न बारम्बार सुझाइरहेका बेला सुवेदीकै बलजफ्तीमा टाइगर प्यालेस किनेका हुन्। टाइगर प्यालेसलाई चल्न पनि नदिने र बन्द हुन पनि नदिने समूह तथा व्यक्तिबारे सुवेदी राम्रोसँग जानकार थिए।
देशलाई लगानीका लागि उपयुक्त गन्तव्य बनाउने हो भने सोच्ने तरिका बदल्नुपर्छ। कानुनका चेकलिस्ट बन्नुपर्छ। कर्मचारीलाई तजबिजी अधिकारी दिनुहुँदैन। टाइगर प्यालेस खरिद गर्दा तत्कालीन विदेशी लगानीकर्तासँग सयभन्दा बढी मिटिङ गरेकाे सुवेदी बताउँछन्।
तर, टाइगर प्यालेसमाथि बुनिएको माँखीजालो भत्काएर चलाउने अठोट लिएर उनी नेपाल गए। तर, त्यो प्रपर्टी किन्ने कुरा चलेदेखि अहिलेसम्म उनले व्यावसायिक करिअरमा नपाएको दुख पाइरहेका छन्। सुवेदी भन्छन्, ‘लगानीका लागि नेपाल उपयुक्त मुलुक होइन भन्ने निश्कर्षमा पुगेँ। अमेरिकामा लगानी गरे। यहाँको व्यावसायिक वातावरण हेरेँ। यहाँकै जतिको अनुकूल वातावरण नभए पनि अलिअलि संघर्ष गरेर लगानी गर्ने आँट गर्नु नै जीवनमा ठूलो भूल भएको ठान्छु।’ ‘नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भनेर अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चमा भाषण गर्न मात्रै उपयुक्त देश रहेछ। वास्तवमै लगानी गर्न नहुने मुलुक बनिसकेछ’ सुवेदी भन्छन्, ‘यसअघिसम्म साथीभाइले भनेको सुनेको थिएँ, अहिले भोगेँ।’
देशलाई लगानीका लागि उपयुक्त गन्तव्य बनाउने हो भने सोच्ने तरिका बदल्नुपर्छ। कानुनका चेकलिस्ट बन्नुपर्छ। कर्मचारीलाई तजबिजी अधिकारी दिनुहुँदैन। टाइगर प्यालेस खरिद गर्दा सुवेदीले तत्कालीन विदेशी लगानीकर्तासँग सयभन्दा बढी मिटिङ गरें। रिल्भर हेरिटेजले हाल पनि १६ देशमा व्यवसाय गरेको छ। संसारभर अब्बल व्यवसाय गरिरहेको कम्पनीलेसमेत लगानीका लागि नेपाल सबैभन्दा खराब मुलुक हो भनिरहँदा मैले पत्याएको थिइँन। उनीहरुले दिएका कारणलाई समेत वेवास्त गरेर लगानी गर्ने निर्णय गरेको सुवेदी सुनाउँछन्।
सिल्भर हेरिटेजका लगानीकर्ताले बारम्बार सुवेदीलाई सुनाउँथे, व्यवसायका लागि पारदर्शी नीति नै छैन। हरेक कर्मचारीले आ–आफ्नै तरिकाले कानुनको व्याख्या गर्छन्। जसलाई जे मन लाग्छ, त्यही हुन्छ। वास्तविकता नबुझेर जोखिम लिएर ठूलो इन्भेटमेन्ट गरेँ। अहिले हरेक क्षण दुख पाइरहेको छु। अर्बौ लगानी गरेर टाउको दुखाउने दुसाहस अब उप्रान्त नगर्ने सोच बनाएको सुवेदी बताउँछन्। नेपाल र अमेरिकाबीच व्यावसायिक वातावरणको तुलना नै हुँदैन। यहाँ लगानी गरेको भोलिपल्टबाट प्रतिफल आउन सुरु हुन्छ। त्यति मात्रै होइन्, यहाँ व्यवसाय गर्ने व्यक्ति छाती फुलाएर हिँड्न सकिन्छ। देशलाई योगदान गरेकौमा गर्व गर्छ। तर, नेपालमा व्यवसायीलाई हेर्ने दृष्टिकोणमै समस्या छ। चोरेर पैसा कमाएको छ भन्ने भाष्य निर्माण गरिएको छ। व्यवसाय गर्छु भनेर भन्नै डराउनुपर्छ। बाहिर बाहिर नेपाल लगानीका लागि उपयुक्त मुलुक छैन भन्नै सुनेका सुवेदी आफैले लगानी गरेपछि निकालेको निश्कर्ष ‘लगानी गर्ने हिसाबमा मुलुक नेगेटिभ सूचीमा पर्छ।’
लगानीका लागि कतैबाट पनि सहयोग नपाएपछि रिभ्यू के दिने? तर, त्यो कसैलाई पनि मतलब छैन। कर्मचारीबाट मन्त्री तथा नेतालाई गतल तरिकालै ब्रिफिङ हुन्छ। तपाईले निर्णय गर्नुभयो भने फस्नुहुन्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाग्छ भनेपछि मन्त्रीले निर्णय गर्नै कुरै भएन। उनीहरु डराइहाल्छन्।
उनका अनुसार केही व्यवसायीले बदमासी पनि गरेका होलान्। सबैले बदमासी नै गरेर कमाउँछन् भन्ने हुँदैन। पैसा कमाउनै व्यवसाय गर्ने हो। सही तरिकाले व्यवसायी गर्ने व्यवसायी छन्। तत्कालीन लगानीकर्तासँगको बारम्बारको छलफलपछि मुलुक नै एफडिआई ब्ल्याकलिस्ट हुने भयपछि होटलमा लगानी गरेर मुलुक जोगाएँजस्तो लाग्थ्यो, होइन रहेछ। अहिले देशमा लगानी सम्मेलन हुँदै छ। यसअघि पनि पहिलो र दोस्रो लगानी सम्मेलन भइसक्यो। तर, देशले के उपलब्धी पायो? देशभित्रका विद्यमान समस्या कहिल्यै हल हुँदैनन्। लगानीकर्र्तालाई हेर्ने दृष्टिकोणमा फेरवदल हुँदैन। नीतिमा सुधार हुँदैन। सोचमा परिवर्तन हुँदैन। व्यवसायका लागि सहजीकरण गर्नेभन्दा पनि अड्काउने, दुःख दिने, अनेकन बखेडा झिक्ने परिपाटीको अन्त्य नगर्दासम्म देशभित्र हरेक दिन लगानी सम्मेलन गरिए पनि उपलब्धी शून्य हुन्छ। यदि व्यवहार परिवर्तन गर्ने हो भने लगानी भित्र्याउन देशमा लगानी सम्मेलन आवश्यक नै छैन।
‘म आफै तीन वटा परियोजना लिएर बसेको व्यक्ति हुँ। टाइगर प्यालेसबाहेक दुई परियोजनाका लागि वित्तीय व्यवस्थापन समेत गरेर बसेको थिएँ,’ सुवेदी सुनाउँछन्, ‘बाँकी परियोजना दीर्घकालका लागि बन्द गरिदिएँ।’ नेपालमा एक पटक लगानी गरेको व्यक्ति दोस्रो पटक नयाँ परियोजनामा लगानी गर्नैै चाहँदैन्। अनि कसरी देश उन्नतिको बाटोमा हिड्छ? मुलुक अप्ठेरोमा पर्न अवस्थामा आफूलै सहयोग गर्नुपर्छ भनैर अर्बौ रुपैयाँ जुवा खेलेको हो। मैले त्यति लगानी गर्दा मुलुक एफडिआई ब्ल्याकलिस्ट हुन पाएन। नेपालमा लगानी गर्ने वातावरण शून्य होइन, नेगेटिभ छ। मैले रिभ्यू गर्नुपर्यो भने नेगेटिभ मार्किङ गर्छु।
लगानीका लागि कतैबाट पनि सहयोग नपाएपछि रिभ्यू के दिने? तर, त्यो कसैलाई पनि मतलब छैन। कर्मचारीबाट मन्त्री तथा नेतालाई गतल तरिकालै ब्रिफिङ हुन्छ। तपाईले निर्णय गर्नुभयो भने फस्नुहुन्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाग्छ भनेपछि मन्त्रीले निर्णय गर्नै कुरै भएन। उनीहरु डराइहाल्छन्। कानुन पनि त्यस्तै बनाएको सुवेदीको भनाइ छ। उनका अनुसार यो परियोजनालाई स्मुथ सञ्चालन गर्न दिएको भए एक वर्षभित्र दुई होटल खोल्ने योजना थियो। तर, नयाँ होटल खोल्ने योजना बन्द गरिदिएँ। पैसा लगानी गरेर टाउको दुखाउनु छैन।
नेपालमा लगानी गर्न उपयुक्त छैन भन्ने पहिले थाहा थिएन
अलिअलि सुनेको थिएँ। लगानीका लागि राम्रो वातावरण छैन भन्ने समाचार तथा लगानीकर्ताबाट सुनिन्थ्यो। टाइगर प्यालेस किन्नुपूर्व मैरो अब्जरबेसन मात्रै थियो। टाइगर प्यालेस किन्नु भनेको भोग्नु हो। अब्जरवेसन र भोगाईमा धेरै भिन्नता पाएँ। नेपाल लगानीका लागि कति खत्तम मुलुक रहेछ भन्ने बुझेँ। मैले स्थानीयबाहेक कसैको पनि सहयोग पाइँन। स्थानीयको ठूलो सहयोग पाएँ। उनीहरुले पनि मुहान सुकेपछि पानीको महत्त्व बुझेका हुन जस्तो लाग्छ। पहिलेको लगानीकर्ताले ठग्यो, लुट्यो, खायो, सारा सिध्यायो भनेर गाली गरेकै हो। जब टाइगर प्यालेस बन्द भयो, त्यसपछि वरिपरीको सम्पूर्ण बजार सुक्यो, लगानी डुब्यो। त्यसपछि यो होटल खुल्नु पर्छ भनेर स्थानीय सर्वसाधारणले सहयोग गरेका हुन्।
हामीले गएको जुलाइ ४ मा होटल लिएको हो। जुलाइ ३१ मा म यहाँ (अमेरिका)बाट नेपाल गएको हो। अगष्टमा गृह मन्त्रालयको ठाडो आदेशपछि प्रहरी गएर होटलमा ताल्चा लगाउन भन्यो। नयाँ लगानीकर्ता आएको छ, कि त्यसको सम्पूर्ण कागजपत्र मलाई दिनु, होइन भने तत्काल होटल बन्द गर्नु भनेर प्रहरीले होटलमा बसेको रिसेप्सनिस्टलाई तर्सायो। त्यसपछि म आफैले भैरहवाका प्रहरी प्रशासन र जिल्ला प्रशासनलाई फोन गरेर त्यो पनि कुनै तरिका हो? नेपाल सरकारको प्रहरीले होटलको रिसेप्सनिस्टलाई होटल बन्द गर्न लगाउने? प्रहरीलाई डकुमेन्ट चाहिएको भए सम्बन्धित व्यक्तिलाई इमेल तथा फोनमार्फत माग्नुपर्छ। रिसेप्सनिस्ट आधिकारिक डकुमेन्ट दिने व्यक्ति हो? सोधेपछि तत्कालीन गृहमन्त्रीलाई केही व्यक्तिले प्रभावित बनाएको र गृहबाट आदेश भएर त्यसो गरिएछ।
सरकारी रबैया सम्झिएँ भने अहिले पनि भाबुक हुन्छु। मैले भैरहवाको एसपी तथा प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर मेरो होटल बन्द गराएर के पाउनुहुन्छ? भनेर सोध्दा माथिको आदेश छ भन्ने जवाफ दिए। तपाईहरुलाई कानुनी डकुमेन्ट चाहिए मलाई सम्पर्क गर्नुपर्र्ला नि भने। फेरि डकुमेन्ट माग्ने तपाई आधिकारिक निकाय हो र? कम्पनी रजिष्ट्रार कार्यलयले माग्ने होला नि भनेर सरकारी कर्मचारीलाई सोधे। त्यो भनेको ह्यारेसमेन्ट हो। यस्ताखाले ह्यारेसमेन्ट कति-कति। प्रत्येक ठाउँमा दुख दिए। पर्यटन तथा उद्योगबाट पाएको दुख सम्झिसाध्य छैन। तिर्नैनपर्ने क्यापिटल गेन तिरियो। घाटामा गएको, डुबेको कम्पनीको क्यापिटल गेनबापत सरकारलाई १ करौड २९ लाख रुपैयाँ बुुझाइयो।
टाइगर प्यालेसमा लगानी
विदेशी लगानीकर्ताले टाइगर प्यालेसमा ६५ मिलियन लगानी भएको देखाएका थिए। सुवेदी १५ मिलियन नगद र २ अर्ब बैंकको ऋण सकारेर होटलको स्वामित्व आफ्नो नाममा ल्याएका थिए। टाइगर प्यालेस खरिदबिक्री रोक्न सरकारी निकायका कुनै ठाउँ बाँकी राखिएन मुद्दा हाल्न। आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अदालत, प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सबै क्षेत्रमा मुद्दा हालियो। मैले सबै ठाउँमा गएर बुुझाउने प्रयास गरेँ। यी सबै निकायलाई टाइगर प्यालेसका बारेमा नकारात्मक ब्याख्या गरिएको थियो। भेटेर सबैलाई बुझाएपछि बुझ्नुभयो।
टाइगर प्यालेस किन्ने मेरो डिसिजन इमोसनल नै थियो। अदातलको अन्तरिम आदेश भएकाले नेपालका व्यापारीले किन्न नमिल्ने। किन्नुपर्दा अनिवार्य विदेशी लगानीकर्ता नै चाहिने। एउटा विदेशी आफ्नो सम्पत्ति बेचेर बाहिरिन चाहिरहेका बेला अर्को विदेशी लगानीकर्ता किन्न को आउने? अहिले स्वामित्व आफ्नामा ल्याइसकेपछि पनि हरेक दिन टर्चर दिने, धम्क्याउने, तर्साउने कार्य भइरहेको छ। अनि देशमा लगानी सम्मेलन गरेर संसारभरलाई मुलुक लगानीका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिएर नाटक गरिरहेका छौँ।
(व्यवसायी सुवेदी अमेरिकाको सिकागोमा बस्छन्)