नेपालको वित्तीय क्षेत्र निरन्तर रुपमा विकसित हुँदै देशकै उत्कृष्ट नियमन र व्यवस्थापन भएको क्षेत्रको रुपमा उभिएको छ। सक्रिय नियामक, अर्थपूर्ण नियमन र वास्तविक क्षेत्रको वित्तीय क्षेत्रमाथिको निर्भरतालगायत कारणले वित्तीय क्षेत्र आजको अवस्थामा आइपुगेको हो। नेपालको सबैजसो आर्थिक क्रियाकलापको केही न केही रुपमा बैंक तथा वित्तीय संस्था (बिएफआईज्) सँग अन्तरक्रिया गरिरहेको हुन्छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०२० देखियता बैंक तथा वित्तीय संस्थाको निक्षेप कुल गार्हस्थ उत्पादन (जिडिपी)सँगको अनुपात शतप्रतिशतभन्दा बढी छ। यसले पनि वित्तीय क्षेत्रले अर्थतन्त्रसँग कहीँ न कहीँ अन्तरक्रिया गरेको पुष्टि हुन्छ। नेपालको बैंकिङ उद्योग वास्तविक क्षेत्रसँग जोडिँदै आएकोे छ। बैंकिङ उद्योगको राष्ट्रिय आर्थिक मार्ग, विकास, समावेशिता र अन्तर्राष्ट्रिय छविलगायतसँग पनि प्रत्यक्ष सह–सम्बन्ध रहेको छ। बाहिरी संसारलाई नेपालमा ल्याउने र नेपाललाई अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको यात्रा अहिलेसम्म उपलब्धिमूलक रहेको छ।
स्ट्यान्डर्ड चार्टर्डको उद्देश्य नेपालमा व्यापार मात्र गर्ने नभई सँगै समृद्धिलाई गति दिनु, राष्ट्रिय एजेन्डा र आर्थिक विकासमा योगदान गरी समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्दै राष्ट्रलाई सेवा गर्नेमा केन्द्रित छ। त्यसका लागि स्ट्यान्डर्ड चार्टर्ड सन् १९८७ देखि निरन्तर क्रियाशील र स्थायी रुपमा कटिबद्ध रहँदै आएको छ। स्थापनादेखि विविध उत्कृष्ट अभ्यासको अगुवाइ गर्दै स्ट्यान्डर्ड चार्टर्डले अन्तर्राष्ट्रिय वित्तीय अभ्यासको दूत बनेर नेपालको बैकिङ उद्योगमा सन्जाल विस्तार गरिरहेको छ।
बैकिङ उद्योगमा आजसम्म पनि एकमात्र अन्तर्राष्ट्रिय बैंक र ‘बैंकहरुको बैंक’ (नियामक होइन) का रुपमा स्ट्यान्डर्ड चार्टर्डको महत्त्व अविस्मरणीय छ। समग्र व्यापारमा स्ट्यान्डर्ड चार्टर्डको हिस्सा (बैंकले प्रदान गर्ने सबै व्यापार उत्पादन र सेवासहित)र जी१० मुद्रा (अमेरिकी डलर–युएसडी, पाउन्ड स्टर्लिङ–जीबीपी, युरो, जापनिज येन आदिसहित) को क्लियरिङ (समाशोधन) को भुक्तानी प्रणालीमा भएको साझेदारीबाट पनि पुष्टि हुन्छ।
यसमा स्ट्यान्डर्ड चार्टर्डको हिस्सा क्रमशः ४० प्रतिशत र ६० प्रतिशत रहेको छ। त्यसो त, यस्ता गणितीय आधारलाई बैंकले सधैं भन्ने वा महत्त्व दिने गरेको छैन। तथापि यस्ता तथ्यांकले स्ट्यान्डर्ड चार्टडले नेपालमा प्रदान गरेको सन्जालको महत्त्व झल्काउँछ र हाम्रो समूहभित्रको विविध सन्जाल–बिन्दुमार्फत नेपाली अर्थतन्त्रलाई समग्र विश्व बजारसँग जोडेको छ भनेर प्रस्ट्याएको छ। नेपाली बजारमा स्ट्यान्डर्ड चार्टर्डको उपस्थिति र नेपालमा खेलेको भूमिकाले पनि गौरवान्वित बनाएको छ। स्ट्यान्डर्ड चार्टर्डले वास्तवमै ‘भलाइका लागि यहाँ (गुड फर हिअर)’ रहेका छौं भन्ने तथ्यलाई उजागर गरेको छ।
स्ट्यान्डर्ड चार्टर्डले नेपालमा विश्वव्यापी विज्ञता र मजबुत सन्जालसहितको सेवा दिँदै आएको छ। विश्वव्यापी विज्ञताले नेपाललाई लाभ मिलोस् भन्ने उद्देश्यले वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकसँग मिलेर विश्व स्तरमा देखापरेका नयाँ अवधारणा र प्रवृत्तिका साथै उत्कृष्ट अभ्यासबारे निरन्तर छलफल गर्दै आएको छ।
गएको दशकदेखि स्ट्यान्डर्ड चार्टर्डले यो अभ्यासलाई व्यवहारमा ल्याएको छ। नेपालमा ग्राहक केन्द्रित वस्तु र सेवा कार्यान्वयनमा अगुवाइ गरेको स्ट्यान्डर्ड चार्टर्डले पहिलो पटक सोसाइटी फर वल्र्ड वाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्वीफ्ट) लाई अवलम्बन गरेको थियो।
अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा उपयोग गर्ने सम्बन्धमा पनि स्ट्यान्डर्ड चार्टर्डले सम्पत्ति शुद्धीकरणविरुद्धको नीति, सबै खातामा ‘खातावालालाई चिनांै’सम्बन्धी विधिका लागि नियामकसँग छलफल र बहस गरी कार्यान्वयनको एउटा आधार तयार गर्न सघाएको थियो। स्ट्यान्डर्ड चार्टर्डको ऐतिहासिक सम्बन्ध, उद्देश्य र प्रभाव सिर्जना गर्ने अवसरलगायतका कारण नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय बजारसँग जोडेर दूतको भूमिका वहन गर्न सकेको विश्वास छ।
आर्थिक क्षमता र न्यूनप्रवद्र्धित सकारात्मक बृहत् अर्थशास्त्रको कथा–एक सांस्कृतिक सह–सम्बन्ध
नेपाली संस्कृतिको पहिचानलाई यसको प्रतिरोधात्मक क्षमता अनि बहादुरीका अनेकौ सन्दर्भले झल्काएको छ। ब्रिटिस गोर्खा लाहुरेहरुको बैंकिङ सेवाको आवश्यकतालाई परिपूर्ति गर्न सफल स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाली सांस्कृतिक समृद्धिको प्रत्यक्ष साक्षी हो। यस संस्कृतिको अर्को विशेषता भनेको उत्कृष्ट विवेक र बुद्धिमता प्रयोग पनि हो। त्यसैले जस्तोसुकै संकटमा पनि नेपाल राष्ट्र प्रतिरोधात्मक क्षमताको उचित प्रयोगद्वारा निर्वाध रुपले अगाडि बढिरहन सफल भयो।
संकट र विपत्तिपछि नेपाली अर्थतन्त्र जहिल्यै थप मजबुतीसहित आफ्नै लयमा फर्किएका प्रशस्त उदाहरण छन्। जस्तो कि, २०१५ को महाभूकम्प, व्यापारमा अवरोध, कोभिड महाभारी तथा भूराजनीतिक घटनाले ल्याएको विश्वव्यापी आर्थिक धक्कालगायत पछि पनि नेपालको जीडीपीले अधिक वृद्धि हासिल गर्न सफल भयो।
नेपाली अर्थतन्त्रको आधारमा बसेका विविध संरचनागत तत्त्वले गर्दा यस्तो उपलब्धि हासिल हुन सकेको हो। लगभग शून्य बाह्य व्यापार कर्जा, न्यून समग्र बाह्य कर्जा, सुदृढ विदेशी मुद्रा सञ्चिति, भारतसँग ‘पेग’ भएको मुद्रा कारोबार, लगभग शतप्रतिशत जनसंख्यामाझ इन्टरनेट पहुँचलगायतका कारण निरन्तरको बाहिरी दबाबका बाबजुद पनि नेपालको अर्थतन्त्र छोटो अवधिभित्रै ४ देखि ५ प्रतिशतले विस्तार हुने (बहुपक्षीय आर्थिक प्रतिवेदनका अनुसार) आकलन गरिएको छ।
यसका अतिरिक्त चीन र भारतबीचको सेतु, भूपरिवेष्ठित राष्ट्र नेपालको ७० अर्ब डलर बराबरको व्यापार सम्भावनाको संकेत विश्व व्यापार संगठनले दिएको छ। यसले नेपाललाई सकारात्मक बृहत् अर्थतन्त्रसहितको देशको रुपमा चित्रण गरेको छ। अन्तर्राष्ट्रिय वित्त बजारमा उचित रुपले प्रवद्र्धन गर्न सकेको खण्डमा नेपालको सम्भावना अझ व्यापक देखिन्छ।
खासै उल्लेख नगरिएको सुदृढ ऐतिहासिक तथ्यांक–बिन्दुद्वारा सज्जित नेपालको अर्थतन्त्रबारे प्रायजसो आख्यानले यहाँको सकारात्मक बृहत् अर्थतन्त्रको गरिमालाई समेट्न चुकेको छ, जसको ठूलो मूल्य नेपालले अवसर प्राप्तिको दृष्टिकोणले चुकाइरहेको छ।
सम्पूर्ण रुपले सार्वभौम र विदेशी लगानीकर्ताको सन्दर्भमा आफ्नो व्यापारिक नाफालाई स्रोत राष्ट्रमा लैजान निर्मित सहज वातावरणका कारण नेपालको ‘ट्र्याक रेकर्ड’मा हालसम्म कुनै पनि किसिमको दाग लागेको छैन। यसका अतिरिक्त भारतीय मुद्रासँगको पेगिङ र ‘मन्डेल–फ्लेमिङ ट्रिलेमा’ मा आंशिक रुपान्तर (चालू खाता मात्र रुपान्तरित हुने) व्यवस्थाले विश्वव्यापी बृहत् अर्थतन्त्रमा आउने बाह्य कम्पनबाट सुरक्षा दिएको छ। अझ एफडिआईका लागि नेपालजस्तो ऐतिहासिक बजार दीर्घकालीन रुपमा निकै फलदायी छ। नेपालको आर्थिक क्षमताको सशक्त सन्देश प्रचार–प्रसार, चित्रण तथा बजारीकरणलगायत क्रियाकलाप थप वैदेशिक लगानीलाई आकर्षण गर्न निकै प्रभावकारी छन्।
सक्रिय र सशक्त नियामक
नेपालको वित्तीय क्षेत्रको विविध खाले प्रतिरोधी क्षमताको हालै परीक्षण भएको छ। विश्वव्यापी पुँजी बजारमा मूल्यवद्धि तथा विविध भूराजनीतिक घटनापछि नेपालको तरलता दबाब र विदेशी मुद्रा सटही सञ्चितिलगायतका विविध पक्षसम्बन्धी जाँच गरिएको थियो। अर्थतन्त्र गिर्दो अवस्थामा भएका कयौंको आँकलन विपरीत दबाबको अवधीमा पनि नेपालले मुद्रा सटही सञ्चिति ६ महिनालाई पुग्नेभन्दा कम कहिल्यै हुन दिएन।
यसलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.२ महिनालाई पुग्ने सञ्चिति पर्याप्त हुने मापदण्डको आधारमा अधिक मान्न सकिन्छ। यहाँ ख्याल गर्नुपर्ने कुरा के भने अधिक भन्ने शब्दले विदेशी मुद्रा सञ्चिति कम भएको वा यसमा थप गर्नुेपर्ने अवस्था रहेको भन्ने जनाउँदैन। यो नेपालको अर्थतन्त्र तन्दुरुस्त अवस्थामा भएको र केन्द्रीय बैंकले नेपाली अर्थतन्त्रलाई सम्भाव्य जोखिमबाट बचाउन सक्रियतापूर्वक चालिएको प्रभावकारी कदमको प्रमाण हो।
त्यस्तै, निर्दिष्ट क्षेत्र ऋण (स्पेसिफाइड सेक्टर लेन्डिङ)मार्फत अझ उत्पादनमूलक क्षेत्रमा पुँजी प्रवाहलाई सहजीकरण गर्न हालै अवलम्बन गरिएका उपायसहितको विविध ठोस नीतिले दीर्घकालमा पुँजी निर्माणमा बल पु¥याउने संकेत गरेको छ। हालैको चालू पुँजी कर्जासम्बन्धी मागदर्शन, संस्थागत सुशासनमा बढ्दो ध्यान र बैंकिङ सूचकको वास्तविक समयको अनुगमनका लागि सुपरीवेक्षकीय सूचना प्रणालीलगायत नेपालको उत्पादनशील क्षेत्रमा पुँजी प्रवाहको साझा उद्देश्यका निम्ति नीतिगत छलफल कसरी अगाडि बढिरहेको छ भन्नेबारेको यो उत्कृष्ट उदाहरण हो।
यसका अतिरिक्त केन्द्रीय बैंकको डिजिटल मुद्रा (सीबीडीसी)बारेको छलफललाई नीतिगत कार्यपत्रमार्फत नियामकले तत्कालै सम्बोधन गरेको छ भने अपेक्षित कर्जा क्षतिको ढाँचा (इसीएल फ्रेमवर्क), हरित लगानी, समूहबीचको कर्जा प्रवाह (पिअर टु पिअर लेन्डिङ), क्राउडफन्डिङ (परियोजनामा लगानी जुटाउन पैसा उठाउने एक तरिका) विषयक नीतिगत विषय बहसमा ल्याएर सराहनीय काम गरेको छ।
यसले नेपालको वित्तीय क्षेत्रलाई विश्व स्तरको उत्कृष्ट अभ्याससँग अवलम्बन गर्न मद्दत गर्छ। यस्ता बहस तथा पहललाई मूर्त रुप लिन केही समय लागे पनि आवश्यक तयारी थालनीले कार्यान्वयनपछिको चुनौती र अनिश्चिततालाई कम गर्न सघाउँछ। यस्ता प्रयास तथा तयारीले नेपालको नियामकले बृहत् अर्थतन्त्रसँग सम्बन्धित नीतिलाई कसरी हेरिरहेको छ भन्ने सकारात्मक चित्र देखाएको छ।
निष्कर्ष र भविष्यप्रतिको धारणा
नेपाली बजार स्ट्यान्डर्ड चार्टर्ड बंैकका लागि सधैं महत्त्वपूर्ण रहँदै आएको छ। सुरुमै भनिसकें, नेपालमा स्ट्यान्डर्ड चार्टर्डको उद्देश्य आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गर्नु मात्र नभई एक मात्र अन्तर्राष्ट्रिय बंैकको रुपमा नेपाली नागरिकलाई विदेशी वित्तीय बजारसँग जोड्ने भूमिका वहन गर्नु पनि रहेको छ।
विविध संकटका घटनामा पनि आर्थिक प्रतिरोधी क्षमता कायम गर्न सक्नु नेपालको सबैभन्दा बलियो पक्ष हो। यसबारे जति चर्चा हुनुपर्ने हो, त्यो भएको भने देखिँदैन। त्यसैगरी युवा जनसंख्याको बाहुल्य, उच्च डिजिटल पहुँच र अत्यधिक सहज सार्वभौम अवस्थितिलगायतका आधार नेपालको सशक्त संरचनागत पक्ष हुन्। यी र अन्य विविध बृहत अर्थतन्त्रको अवसरबारे विश्व जगत्मा राम्रोसँग प्रचार–प्रसार हुन सके नेपालले दिगो वित्तीय लाभ हासिल गर्न सक्ने विश्वास स्ट्यान्डर्ड चार्टर्डले लिएको छ।